स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थाले प्रदान गरेको सेवाबापत सरकारले २०८३ जेठ महिनाको १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार रुपैयाँभन्दा बढी भुक्तानी गरेको छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार जेठ महिनामा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गरेका विभिन्न स्वास्थ्य संस्थाले पेश गरेका दाबीको प्रक्रिया पूरा गरी कुल रु. १ अर्ब ४५ करोड ४६ लाख ९१ हजार २२ रुपैयाँ ८६ पैसा भुक्तानी गरिएको हो।
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार जेठ महिनाको भुक्तानी सूचीमा देशभरका ३८१ वटा स्वास्थ्य संस्था समावेश छन्। भुक्तानी पाउने संस्थामा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताललगायत स्वास्थ्य संस्था रहेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितले प्राप्त गरेको स्वास्थ्य सेवाबापत सम्बन्धित स्वास्थ्य संस्थाले पेश गरेको दाबीको प्रक्रिया पूरा भएपछि सेवा प्रदान गरेबापतको रकम भुक्तानी गरिएको बोर्डले जनाएको छ।
स्वास्थ्य संस्थाले बीमितलाई प्रदान गरेको सेवाको विवरण तथा दाबी परीक्षणपछि बोर्डले सम्बन्धित संस्थालाई सेवा रकम भुक्तानी गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस