२०८३, आश्विन ९ गते

बैंकिङ कसुरमा किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ कारागार चलान

शुक्रवार , आश्विन २, २०८३

नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुर मुद्दामा कारागार चलान भएका छन्। उनलाई केन्द्रीय कारागार, सुन्धारा पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर मुद्दामा तामाङसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। तर, तोकिएको धरौटी रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यसअघि रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारमा छलफल गरेका थिए। उक्त छलफल सकेर बाहिरिने क्रममा सिंहदरबार अगाडिबाट प्रहरीले तामाङलाई पक्राउ गरेको थियो।

प्रहरीका अनुसार तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ। ती मुद्दामा अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ।

अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि उनलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म कारागारमा राखिएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!