२०८३, आश्विन ९ गते

बाढीपछि राहत कोषमा बढ्यो सहयोग, झन्डै १५ अर्ब जम्मा

सोमवार , आश्विन ५, २०८३

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।

नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार दुवै कोषमा हाल १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ रुपैयाँ मौज्दात रहेको छ।

सरकारले कोषमा जम्मा भएको सहयोग रकममध्ये यसअघि नै एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषको रकम विभिन्न नौ वटा वाणिज्य बैंकमा नेपाली रुपैयाँ तथा अमेरिकी डलर खातामा राखिएको छ। नौ वाणिज्य बैंकमा रहेको खातामा ११ अर्ब १४ करोड २० लाख ५० हजार ९४७ रुपैयाँ जम्मा भएको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा २ करोड ४४ लाख ७४ हजार १२१ अमेरिकी डलर रहेको कार्यालयले जनाएको छ।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति भएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!