२०८३, आश्विन ९ गते

नेप्से ७ अंकले बढ्यो, कति भयो कारोबार?

मंगलवार , आश्विन ६, २०८३

मंगलबार  नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ७.०६ अंक बढेर २६५४.२८ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार ६ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा मंगलबार ७ अर्ब ५ करोड ३ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ३५६ स्टकको ७० हजार ६९१ पटकको कारोबारमा २ करोड १५ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। मंगलबार मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य ७९ रुपैयाँ बढेर ६०६ रुपैयाँमा अन्तिम कारोबार भएको हो। कम्पनीले १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ता आकर्षित भएको देखिएको छ।

त्यस्तै, फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन कारोबारमा आएको स्नो रिभर्सको शेयरमूल्य सर्वाधिक ८.२३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा मंगलबार हाथवे इन्भेष्टमेन्ट नेपाल शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४४ करोड ४० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, हिमालयन डिष्टिलरीको करिब साढे ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने घलेम्दी हाइड्रोको कारोबार रकम २२ करोड रुपैयाँ नाघेको छ।

मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूह घटेका छन्। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र लघुवित्त उपसमूहको परिसूचक पनि सामान्य बढेको छ।

बाँकी ६ उपसमूहमा भने गिरावट आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!