२०८३, आश्विन १० गते

पुष्पलाल इन्भेष्टमेन्टको आईपीओ निष्काशन गर्ने, सर्वसाधारणलाई १५ लाख कित्ता

मंगलवार , आश्विन ६, २०८३

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्काशन  गर्ने भएको छ। कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीले रु. १०० अंकित दरका १५,००,००० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। उक्त शेयरको कुल रकम रु. १५ करोड बराबर हुनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडका तर्फबाट अध्यक्ष लाल प्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्।  सम्झौता हस्ताक्षर कार्यक्रममा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठको उपस्थिति रहेको थियो।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउन लगानी गर्दै आएको जनाएको छ। कम्पनीले ‘सानो लगानी, ठुलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार तथा पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजनामा रणनीतिक रूपमा केन्द्रित भई लगानी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!