२०८३, आश्विन ९ गते

नेप्से ३६ अंकले घट्यो, कति भयाे कारोबार ?

बुधवार , आश्विन ७, २०८३

साताको कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचकमा उच्च गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा बन्द भएको छ। बुधबार २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ वटाको घटेको छ। यस्तै, दुई कम्पनी स्थिर छन्।

बुधबार शेयर बजारमा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । मंगलबार ७ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा यस दिन ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको कारोबार भएको छ । यस दिन ३५२ स्टकको ५७ हजार ९४७ पटकको कारोबारमा २ करोड १६ लाख २२ हजार ३७२ कित्ता शेयर खरिदबिक्री भएको छ ।

बुधबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य १७५ रुपैयाँ बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । कारोबारमा आएको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ८.५४ प्रतिशत घटेको छ । अन्य घट्ने स्टकको मूल्यमा गिरावट साढे ५ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २१ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको कारोबार रकम २० करोड ५० लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

बुधबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत घटेको छ । त्यस्तै, बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत, लगानी, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!