२०८३, कार्तिक ११ गते

बबरमहलको आकासे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

सोमवार , कार्तिक ९, २०८३

काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकासे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै निर्माण गरिएको पुल सञ्चालनमा आएपछि सडक पार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ । केही दिनभित्रै पुल पैदलयात्रुका लागि खुला गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख सुबोध देवकोटाका अनुसार २०८२ साल फागुन २१ गते निर्माण सम्झौता भई पुल निर्माण सुरु गरिएको थियो । निर्माण कार्य सम्पन्न हुने चरणमा पुगेकाले यसै हप्ताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए ।

उक्त आकासे पुल निर्माणका लागि २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको थियो । पुल निर्माणको जिम्मेवारी हेटौंडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको सडक डिभिजन कार्यालय काठमाडौंले जनाएको छ ।

पुल सञ्चालनमा आएपछि पैदलयात्रुले सवारीसाधनको चाप भएको सडक सुरक्षित रूपमा पार गर्न सक्नेछन् । यसले पैदलयात्रुको आवागमन सहज बनाउनुका साथै सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images