होमपेज > मधेश प्रदेशको बजेट ४१ अर्ब ‍‍१३ करोड, गत वर्षभन्दा १३ प्रतिशत कम

मधेश प्रदेशको बजेट ४१ अर्ब ‍‍१३ करोड, गत वर्षभन्दा १३ प्रतिशत कम

बिज्ञापन

मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार मधेश प्रदेश सभाको बेठकमा अर्थमन्त्री युवराज भट्टराईले आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट गत वर्षभन्दा १३ प्रतिशत कम हो ।

जसमा चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार अर्थात ३५.६४ प्रतिशत बजेट विनियोजन गरिएको छ भने पुँजीगततर्फ २६ अर्ब ४७ करोड ५३ लाख ७१ हजार अर्थात ६४.३६ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री भट्टराईले बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ८३ करोड, संघीय वित्तीय अनुदानबाट ९ अर्ब ४९ करोड ५९ लाख, आन्तरिक राजस्व तथा विविध प्राप्तिबाट ११ अर्ब २२ करोड ७५ लाख र चालु आर्थिक वर्षको मौज्दातबाट ६ अर्ब आठ करोड ५२ लाख जुटाउने बजेट वक्तव्यमा उल्लेख गरेका छन् । त्यस्तै अपुग एक अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋणबाट व्यवस्थापन गरिने बताइएको छ ।

बजेटमा पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखिएको छ भने प्रदेशका कर्मचारीको तलब र प्रोत्साहन भत्तामा १० प्रतिशतले वृद्धि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  2. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  3. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  4. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  5. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  6. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  7. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  8. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  9. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  10. १० सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  11. ११ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  12. १२ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  13. १३ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  14. १४ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  15. १५ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग