होमपेज > राप्रपाका महामन्त्री धवल शमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार

राप्रपाका महामन्त्री धवल शमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार

बिज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा धवलशमशेर राणालाई रिहा गर्न प्रहरीले परिवारलाई बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले धवलकी पत्नी प्रतिमा राणालाई बोलाएको हो ।

राप्रपाका नेता ऋषिराज देवकोटाले पत्नी प्रतिमालाई फोन गरेर प्रहरीले बोलाएको पुष्टि गर्दै आफूहरू पनि परिसर जान लागेको बताए । उनका अनुसार प्रतिमालाई प्रहरीले शनिबार बिहान साढे ८ मा आइपुग्न भनेको छ । राणालाई शुक्रबार नै रिहा गर्ने भनिएपनि आवश्यक प्रक्रिया पूरा हुन ढिलाइ भएपछि सो दिन रिहा नगरिएको प्रहरी स्रोतको भनाइ छ । राणा रिहा हुने भनिएपछि शुक्रबार राप्रपाका नेता कार्यकर्ताको परिसरमा भीड लागेको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौँले धवललाई हाजिर जमानीमा छाड्न लागेको हो । क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका उनको बयान पूरा भइसकेको छ भने अब मुद्दा लैजाँदा लैजाने गरी अहिलेलाई हाजिर जमानीमा छाड्ने तयारी भएको हो ।

राजावादी समूहले गत चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए । क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  2. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  3. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  4. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  5. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  6. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  7. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  8. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  9. सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  10. १० धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  11. ११ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  12. १२ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  13. १३ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  14. १४ कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी
  15. १५ त्रिविको एमबीएस परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनामा दुई जना पक्राउ