होमपेज > बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५० खर्ब नाघ्यो

बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५० खर्ब नाघ्यो

बिज्ञापन

बैंकिङ क्षेत्रको कुल कर्जा रकम ५० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक अधावधिक गरेको बैंकिङ क्षेत्रको कुल निक्षेप तथा कर्जा सम्वन्धी प्रतिवेदन अनुसार सञ्चालनमा रहेका २० वटा बाणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनीसहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले यही पुस पाँच गतेसम्ममा ५० खर्ब पाँच अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन । यस अवधिमा बैंकिङ क्षेत्रको कुल निक्षेप रकम भने ६० खर्ब ३४ अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा बाणिज्य बैंकहरुले मात्र कुल ५३ खर्ब ४२ अर्ब रुपैंयाँ निक्षेप संकलन गरी ४४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । बिकास बैंक र फाईनान्स कम्पनीहरुले भने यस अवधिमा कुल छ खर्ब ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी पाँच खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको यो तथ्यांकलाई आधार मान्दा अहिले अहिले बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जाको बिचमा १० खर्ब २९ अर्ब रुपैयाँ फरक देखिएको छ । अहिले बैंकिङ क्षेत्रको निक्षेप तथा कर्जा अनुपात (सिडी) रेसियो ८० दशमलव १८ रहेको छ । सोही आधारमा पनि बैंकिङ क्षेत्रको हालको अवस्थामा पनि पाँच खर्ब रुपैयाँ भन्दा बढी कर्जा दिन सक्ने अवस्थामा रहेका छन् । तर बजारमा कर्जाको माग नहुँदा बैंकिङ क्षेत्रमा अधिक तरलता थुप्रिदा राष्ट्र बैंकले यही अधिक तरलतालाई नियन्त्रणमा राख्न सात दिने, १४ दिने लगायतका अल्पकालीन अवधिको मौद्रिक उपकरण जारी गरिरहेको छ ।

यही पुस ११ गते बुधबार जारी हुन लागेको १४ दिने अवधिको ३५ अर्बको निक्षेप उपकरण पनि सोही प्रकृतिको रहेको राष्ट्र बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  2. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  3. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  4. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  5. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  6. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  7. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  8. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  9. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  10. १० सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  11. ११ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  12. १२ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  13. १३ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  14. १४ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  15. १५ कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी