होमपेज > वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बीमा

वडाध्यक्षको व्यक्तिगत खर्चमा विद्यार्थीको बीमा

बिज्ञापन

नुवाकोटको विदुर नगरपालिका–१२ का वडाध्यक्ष उपिन्द्र खड्काले वडाभित्रका विद्यालयमा अध्ययनरत सबै विद्यार्थीको आफ्नै खर्चमा ‘आकस्मिक दुर्घटना बीमा’ गरेका छन् । उनले आफ्नै खर्चमा एक हजार दुई सय २० विद्यार्थीको बिमा गराएका हुन् ।

वडा नं १२ मा सञ्चालित आठ विद्यालयका विद्यार्थीलाई बिमा कार्यक्रममा समावेश भएको ‘निको इन्स्योरेन्स’का प्रतिनिधि रवीन्द्र रिजालले जानकारी दिए । बीमावापत प्रतिविद्यार्थी रु दुई सयका दरले एक वर्षको प्रिमियमवापत रु दुई लाख ४४ हजार वडाध्यक्ष खड्काले भुक्तानी दिएका छन् ।

बिमा गरेपश्चात विद्यार्थी दुर्घटनामा परे उपचार तथा औषधि सेवनका लागि लाग्ने सम्पूर्ण खर्च सोहीमार्फत दाबी भुक्तानी पाइने छ । चालु आर्थिक वर्षदेखि सुरु भएको आकस्मिक दुर्घटना बीमा कार्यक्रम पाँच वर्षसम्म कायम रहने वडाध्यक्ष खड्काले बताए । वडाध्यक्षका रुपमा सरकारी सेवा सुविधाअन्तर्गत उनले मासिक रु २६ हजार छ सय ७० पाउँदै आएका छन् । सो रकमबाट भुक्तानीको प्रबन्ध मिलाएको र बाँकी रकमसमेत वडाको शिक्षा र स्वास्थ्यका क्षेत्रमा खर्च गर्ने खड्काले बताए ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा खड्का नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. लघुवित्त पीडित र सरकारबीच पाँचबुँदे सहमति, देशभरका आन्दोलन र अनशन अन्त्य
  2. साताभर नेप्सेमा ४९ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
  3. परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
  4. नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
  5. नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने
  6. लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै
  7. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  8. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  9. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  10. १० छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  11. ११ मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  12. १२ देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  13. १३ जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  14. १४ लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  15. १५ नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान