होमपेज > नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा

नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा

बिज्ञापन

मुक्तिनाथ विकास बैंक लिमिटेड र नागार्जुन नगरपालिकाबीच कृषि, पर्यटन, साना तथा मझौला उद्यम तथा महिला उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार नगरपालिकाको सिफारिसमा योग्य उद्यमीहरूले आफ्नो व्यवसायको प्रकृतिअनुसार धितोबिनै अधिकतम २ लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, नागार्जुन नगरपालिकाको ‘सहुलियतपूर्ण ब्याज अनुदान सम्बन्धी कार्यविधि, २०८०’ बमोजिम योग्य ऋणीहरूले कर्जामा लाग्ने शतप्रतिशत ब्याज अनुदान सुविधा पनि पाउनेछन्।

बैंकका अनुसार यस सहकार्यले स्थानीय उद्यमशीलताको विकास, वित्तीय पहुँच विस्तार, वित्तीय समावेशीकरण तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। मुक्तिनाथ विकास बैंकले स्थानीय सरकारसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै उद्यमशीलता प्रवर्द्धन र स्वरोजगार सिर्जनामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट कृषि तथा समावेशी लगानी विभाग प्रमुख तेजलबहादुर गिरी र नागार्जुन नगरपालिकाका तर्फबाट कार्यवाहक नगर प्रमुख सुशीला अधिकारीले हस्ताक्षर गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  2. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  3. मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  4. देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  5. जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  6. लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  7. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  8. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  9. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  10. १० राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  11. ११ सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  12. १२ अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  13. १३ लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  14. १४ सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  15. १५ जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी