होमपेज > तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल

बिज्ञापन

तराई–मधेशका विभिन्न जिल्लामा आन्दोलन र तनाव उग्र बन्दै गएपछि निजी क्षेत्रका प्रमुख व्यावसायिक संस्थाहरूले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयुक्त रूपमा अपिल गरेका छन्।

नेपाल उद्योग परिसंघ (सीएनआई) ले विज्ञप्ति जारी गर्दै सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जबाट सुरु भई पूर्वी नेपालका विभिन्न जिल्लामा फैलिएको तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। परिसंघले नेपाल सदियौँदेखि धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावको उदाहरण रहेको उल्लेख गर्दै यही पहिचानलाई जोगाउन सबै पक्षले संयमता अपनाउनुपर्ने बताएको छ।

परिसंघले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान आन्दोलन, हिंसा वा मुठभेडबाट नभई संवाद र सहमतिमार्फत खोजिनुपर्नेमा जोड दिएको छ। देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेका बेला यस्ता घटनाले उद्योग, व्यवसाय, लगानी र रोजगारीमा नकारात्मक असर पर्ने भन्दै सार्वजनिक तथा निजी सम्पत्तिमाथिको तोडफोड, लुटपाट, बजार तथा पसल बन्द गराउने गतिविधिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

परिसंघले उद्योगी–व्यवसायी तथा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गर्दै सामाजिक, धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न प्रदेश तथा जिल्ला संघहरूलाई सद्भाव र्‍याली तथा शान्ति प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न समेत अनुरोध गरेको छ।

यसैगरी, नेपाल चेम्बर अफ कमर्स ले पनि तराईका केही जिल्लामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। चेम्बरले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै वर्तमान परिस्थितिमा संयमता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्राथमिकता दिन सबै पक्षसँग आग्रह गरेको छ।

चेम्बरले नेपाल विभिन्न धर्म, संस्कृति र समुदायबीचको सहअस्तित्वमा आधारित राष्ट्र भएको उल्लेख गर्दै सामाजिक सद्भावको संरक्षण सबै नागरिकको साझा दायित्व भएको जनाएको छ। साथै, अफवाह, भ्रामक सूचना तथा हिंसात्मक गतिविधिबाट टाढा रहन नागरिकहरूलाई आग्रह गरेको छ।

चेम्बरले शान्ति–सुरक्षा पुनःस्थापना गर्न सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, समुदायका अगुवा तथा नागरिक समाजबीच समन्वय र संवादलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ। धार्मिक अगुवा, सामाजिक संस्था, युवा समूह, सञ्चारमाध्यम तथा निजी क्षेत्रलाई पनि सद्भाव र सहिष्णुता प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।

चेम्बरले स्थिर र सुरक्षित वातावरणमा मात्रै उद्योग, व्यवसाय र लगानी विस्तार हुन सक्ने उल्लेख गर्दै प्रभावित क्षेत्रको पुनःस्थापना, जनविश्वास पुनर्निर्माण तथा दीर्घकालीन शान्ति र समृद्धिका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  2. तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल
  3. सुनसरी–सिरहा घटनाप्रति सरकार गम्भीर, निष्पक्ष छानबिन र दोषीमाथि कारबाही हुने: प्रधानमन्त्री बालेन्द्र शाह (पूर्णपाठ)
  4. राष्ट्र बैंकले २४ अर्बभन्दा बढी रकम बैंकहरूको मुद्दती निक्षेपमा लगानी गर्ने
  5. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  6. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  7. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  8. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  9. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  10. १० लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  11. ११ सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  12. १२ एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  13. १३ स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  14. १४ एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  15. १५ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता