होमपेज > अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह

अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह

बिज्ञापन

यातायात व्यवस्था विभागले म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्न चालकहरूलाई आग्रह गरेको छ।

विभागले नवीकरणपछि नयाँ व्यवस्थाअनुसार १० वर्षका लागि मान्य हुने लाइसेन्स उपलब्ध गराइने जनाएको छ। विभागले जारी गरेको सूचनामा म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्स हाल छपाइ नगर्ने व्यवस्था रहेकाले चालकहरूले समयमै नवीकरण गरी १० वर्षे लाइसेन्स लिन उपयुक्त हुने उल्लेख गरेको छ।

यसैबीच, विभागले विगत चार वर्षदेखि रोकिएको लाइसेन्स छपाइको काम सम्पन्न भएको पनि जनाएको छ। विभागका अनुसार गत असारसम्मका सबै पुराना आवेदनका लाइसेन्स छापिसकिएको छ। साउन ७ गतेसम्म २७ लाख ४७ हजारभन्दा बढी लाइसेन्स वितरणका लागि देशभरका विभिन्न यातायात कार्यालयमा पठाइसकिएको विभागले जनाएको छ।

सुरक्षण मुद्रण केन्द्रसँग भएको नयाँ सम्झौतापछि लाइसेन्स छपाइ प्रक्रिया नियमित र तीव्र बनेको विभागको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सिरहाको गोलबजारमा प्रदर्शन हिंसात्मक, प्रहरीको गोलीबाट एक युवकको मृत्यु
  2. अब १० वर्षका लागि लाइसेन्स नवीकरण गर्न सकिने, म्याद सकिन लागेको लाइसेन्स तत्काल नवीकरण गर्न विभागको आग्रह
  3. लगातार चौथो दिन घट्यो नेप्से, कारोबार रकम पनि ३.३८ अर्बमा सीमित
  4. सुनसरी घटनामा मृतकको संख्या दुई पुग्यो, उपचाररत जयप्रकाश मेहताको पनि मृत्यु
  5. जनकपुरधाममा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  6. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  7. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  8. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  9. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  10. १० एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  11. ११ ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  12. १२ सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  13. १३ सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  14. १४ प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  15. १५ माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर