होमपेज > सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
मन्त्रिपरिषद् बैठक:

सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने

बिज्ञापन

सरकारले नौवटा विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न कानुन संशोधन तथा नयाँ कानुनी व्यवस्था गर्नेसम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गर्न स्वीकृति दिइएको बताए ।

त्यस्तै, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक, राहदानी ऐन, २०७६ संशोधन गर्न बनेको विधेयक र मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी पहिलो संशोधन विधेयक संसद्मा पेस गर्न स्वीकृति दिइएको उनले बताए ।

बैठकले बालश्रम निषेध तथा नियमित गर्ने सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन गर्न बनेको विधेयक तथा कर्मचारी सञ्चयकोष ऐन, २०१९ संशोधन गर्न बनेको विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्य पदमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय भएको मन्त्री पोखरेलले बताए ।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ समेत स्वीकृत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  2. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  3. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  4. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  5. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  6. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  7. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  8. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  9. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  10. १० आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  11. ११ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  12. १२ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  13. १३ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  14. १४ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  15. १५ उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा