होमपेज > माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर

बिज्ञापन

माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारीलाई लक्षित विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल र कर्मचारी सञ्चय कोषका कामु सहप्रशासक भरतराज वस्तीले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ । उक्त खातामार्फत कर्मचारीहरूले सहज, सुरक्षित तथा आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ ।

तलब व्यवस्थापन खातासँगै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई बचत तथा निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा कार्डलगायत थप बैंकिङ सुविधा उपलब्ध गराइनेछ ।

माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयका कर्मचारीका लागि तलब व्यवस्थापन खाता सञ्चालन गर्दै आएको जनाएको छ । बैंकका अनुसार नयाँ सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कर्मचारी सञ्चय कोषका कर्मचारीलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  2. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  3. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  4. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  5. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  6. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  7. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  8. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  9. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  10. १० आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  11. ११ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  12. १२ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  13. १३ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  14. १४ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  15. १५ उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा