प्रभु बैंककी पूर्व प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार दिउँसो काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिएको हो ।
सीआईबीले पन्तलाई कर्जा रकम दुरुपयोग गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ । उनीमाथि रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई ४८ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा अनियमितता गरेको आरोप लागेको छ ।
यसअघि उक्त कम्पनीका अध्यक्ष शशि पौडेललाई पनि सीआईबीले असार ३० गते पक्राउ गरेको थियो । सीआईबीले कर्जा प्रवाहमा भएको भनिएको अनियमितताबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

