होमपेज > परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

बिज्ञापन

कुमारी बैंक लिमिटेडले आफ्नो परिवार सुरक्षा बचत खाता (PSBK) अन्तर्गतको बीमा सुविधाअनुसार लाभग्राहीलाई १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

बैंकको गौमुल शाखाले श्रीमती बना देवी बोहराका श्रीमानको दुर्घटनाजन्य निधनपछि बीमा दाबी प्रक्रिया पूरा गरी उक्त रकम हस्तान्तरण गरेको हो। बैंकले यस आर्थिक सहयोगले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा र परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकका अनुसार परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यप्रतिको आर्थिक सुरक्षा पनि मजबुत बनाउनेछ।

विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म बैंकिङ सेवा र बीमा सुरक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता योजनाले आर्थिक समावेशीकरणलाई थप सुदृढ बनाउने बैंकको विश्वास छ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकका हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम र ४० शाखारहित बैंकिङ केन्द्र सञ्चालनमा छन्। बैंकले आधुनिक बैंकिङ सेवा, निक्षेप योजना तथा बीमा सुविधामार्फत ग्राहकहरूको वित्तीय सुरक्षालाई थप मजबुत बनाउँदै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साताभर नेप्सेमा ४९ अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो
  2. परिवार सुरक्षा बचत खाताअन्तर्गत कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी
  3. नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भुपेन्द्र भण्डारी पक्राउ
  4. नेपालमा आउँदै निसानको नयाँ प्रिमियम एसयूभी ‘टेकटन’, नाइमा मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक हुने
  5. लक्ष्यको आधाभन्दा कम वैदेशिक सहायता, नेपालले पायो ४५.६६ प्रतिशत मात्रै
  6. राहदानी छपाइ प्रकरणमा सिद्धार्थ थापालाई साधारण तारिखमा रिहा गर्न आदेश
  7. गृहमन्त्री सुधन गुरुङको निर्देशनमा ड्रोनबाट सुरक्षा अनुगमन तीव्र
  8. नागार्जुन नगरपालिकाका उद्यमीलाई मुक्तिनाथ विकास बैंकबाट धितोबिनै २ लाखसम्म कर्जा
  9. छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात
  10. १० मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा स्थगित
  11. ११ देवानगञ्ज घटनामा सरकार–पीडितबीच ७ बुँदे सहमति
  12. १२ जागिर लगाइदिने भन्दै घुस लिएको आरोपमा शुद्धोधन गाउँपालिकाका उपाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  13. १३ लघुवित्तपीडितसँग आज पुनः वार्ता, समाधान खोज्न सरकार र संघर्ष समिति सकारात्मक
  14. १४ नाबिल बैंकले आफ्ना कर्मचारीको जीवन बीमा गराउँदै, बीमा कम्पनीसँग प्रस्ताव आह्वान
  15. १५ तराई–मधेशको तनावप्रति उद्योगी–व्यवसायीको चिन्ता, सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल