होमपेज > सरकारलाई ऋण नै ऋणको भारी, २३ खर्ब ५७ अर्ब पुग्यो सरकारको कुल ऋण

सरकारलाई ऋण नै ऋणको भारी, २३ खर्ब ५७ अर्ब पुग्यो सरकारको कुल ऋण

बिज्ञापन

सरकारले ऋण नैं ऋणको भारी बोकेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारको टाउकोमा चालु आर्थिक बर्षको कात्र्तिक मसान्तममा तिर्न बाँकी रहेको कुल ऋण दायित्व २३ खर्ब ५७ अर्ब छ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

तिर्न बाँकी रहेको कुल ऋण दायित्वमा आन्तरिकतर्फ ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख र बाह्य ऋणतर्फ ११ खर्ब ७३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ रहेको उक्त कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार चालु आवको कात्र्तिक मसान्तसम्ममा सरकारको नाउँमा तिर्न बाँकी रहेको ऋणको दायित्वको सुरु मौज्दात २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

उक्त दायित्वमा सार्वजनिक ऋण प्राप्ततिर्फ एक खर्ब १३ अर्ब १६ करोड ३० लाख र सावाँ भुक्तानी तर्फ ५५ अर्ब ४४ करोड ६८ करोड रुपैयाँ थप भएपछि सरकारको नाउँमा तिर्न बाँकी रहेको कुल ऋण दायित्व २३ खर्ब ५७ अर्ब छ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।

कार्यालयका आन्तरिक ऋणतर्फ सुरु मौज्दात ११ खर्ब २९ अर्ब १० करोड ३८ लाख रुपैयाँ रहेकोमा प्राप्तीतर्फ ९७ अर्ब ३१ करोड रुपैयाँ थप भएको छ भने सावाँ भुक्तानी तर्फ ४२ अर्ब ८४करोड १७ लाख रुपैयाँ थप भई तिर्न बाँकी रहेको कुल आन्तरिक ऋण दायित्व ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

यसैगरी बाह्तर्फ सुरु मौज्दात ११ खर्ब ७० अर्ब २४ करोड ८७ लाख रुपैयाँ रहेकोमा प्राप्तीतर्फ १८ अर्ब ८५ करोड ३० लाख र सावाँ भुक्तानी तर्फ १२ अर्ब ६० करोड ५१ लाख रुपैयाँ थप भएपछि तिर्न बाँकी रहेको बाह्य ऋणको दायित्व ११ खर्ब ७३ अर्ब ४९ करोड ६६ लाख रुपैयाँ पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  2. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  3. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  4. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  5. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  6. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  7. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  8. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  9. सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  10. १० सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  11. ११ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  12. १२ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  13. १३ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  14. १४ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग
  15. १५ कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै, ७ हजार २ सय जना उत्तीर्ण गराउने तयारी