होमपेज > १८औं वर्षमा प्रवेश गर्दै ग्लोबल आइएमई बैंक

१८औं वर्षमा प्रवेश गर्दै ग्लोबल आइएमई बैंक

बिज्ञापन

ग्लोबल आइएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको आगामी पुस १८ गते १८ वर्ष पूरा हुँदैछ।

आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८ अर्ब ८६ करोड ७३ लाख र कर पछिको मुनाफा ६ अर्ब १३ करोड ७४ लाख रूपैयाँ हासिल गर्न सफल भएको छ। आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा २५ करोड रूपैयाँले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने १ अर्ब १२ करोड ७७ लाख रूपैयाँले वृद्धि भएको छ।

त्यस्तै, सञ्चालन खर्च तर्फ पनि १ अर्ब ८ करोड ४६ लाख रूपैयाँले वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५ करोड ६९ लाखले कमी आएको छ। कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षा अनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ। बैंकले सो मुनाफापछि ५.५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा भने बैंकको निक्षेपमा २४ अर्ब ५१ करोडले वृद्धि भइ ५ खर्ब २९ अर्ब ३८ करोड पुगेकोे छ भने कर्जा लगानी तर्फ पनि रु. २७ अर्ब ८६ करोडले वृद्धि भइ ४ खर्ब १८अर्ब ६३ करोड पुगेको छ।

चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले १ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ। बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ। बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा युरो मनी अर्वाड, द वेस्ट बैंक इन नेपाल, बेष्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अवार्डहरूबाट सम्मानित भएको छ। ‘सबैको लागि बैंक’ भन्ने नारालाई व्यवहारमा नै रूपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरु मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ।

हाल यस बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालय, शाखा रहित बैंकिङ सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरू समेत एक हजार एक सयभन्दा बढी सेवाकेन्द्र मार्फत करिब ५० लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?