होमपेज > ९.०८ अंकले घट्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार?

९.०८ अंकले घट्यो शेयर बजार, कुन कम्पनिको कतिको भयो कारोबार?

बिज्ञापन

साताको अन्तिम कारोबार दिन शेयर बजार ९.०८ अंक घटेको छ ।

सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । नेप्से परिसूचक घट्दा पनि कारोबार रकम उल्लेख्य बढेको छ । अघिल्लो दिन ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भयो ।

९९ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो । आज होटल तथा पर्यटन समूहमा उच्च वृद्धि देखिएको छ । सो समूह २.१४ प्रतिशत बढ्यो । होटलका अलवा हाइड्रोपावर समूह ०.२२ र फाइनान्स ०.८९ प्रतिशत बढे ।

बैंकिङ ०.६२, विकास बैंक १.००, लगानी ०.४१, जीवन बीमा ०.५१, उत्पादन तथा प्रशोधन ०.५१, माइक्रोफाइनान्स ०.४४, निर्जीवन बीमा ०.४८, अन्य ०.२९ तथा व्यापार १.०९ प्रतिशत घटे ।

पियोर इनर्जीको मूल्य १० प्रतिशत घट्यो । चन्द्रागिरि हिल्सको ६.७८, रसुवागढी हाइड्रोपावरको ५.९९, तेह्रथुम पावरको ५.९९, नेपाल फाइनान्सको ४.९७ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको मूल्य ९.९ प्रतिशत घट्यो । रिभर फल्स पावरको ६.९७, नेपाल माइक्रो इन्स्योरेन्सको ५.५८, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.०१ तथा ग्रिन डेभलपमेन्ट बैंकको ४.७० प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्, युनिभर्सल पावर र बुटवल पावर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो