होमपेज > १८१ यात्रु बोकेको विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

१८१ यात्रु बोकेको विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु

बिज्ञापन

दक्षिण कोरियामा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ। दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीका अनुसार, देशको एक विमानस्थलमा १८१ यात्रु बोकेको विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको भनिएको छ। बीबीसीका अनुसार, दुर्घटना दक्षिण कोरियाको दक्षिण पश्चिममा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो। समाचार अनुसार, १७५ यात्रु र ६ जना चालक दलका सदस्य सवार जेजु एयरको विमान थाइल्याण्डको बैंककबाट फर्किएको थियो। अवतरण गर्ने क्रममा दुर्घटना भएको बताइएको छ।

रोयटर्सका अनुसार, उद्धारकर्मीहरूले विमानको पछाडिको भागबाट यात्रुहरूलाई बाहिर निकाल्न प्रयास गरिरहेका छन्। दुर्घटनाको कारण स्पष्ट छैन, तर चरासँग ठोक्किएको हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  2. सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
  3. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय, कहिलेसम्म लाग्दैन शुल्क ?
  4. अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग बजेट कार्यान्वयनबारे छलफल गर्ने
  5. चमेलिया नदीमा थप २८.३० मेगावाटको मध्य चमेलिया जलविद्युत् आयोजना बन्ने
  6. देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
  7. साउनमा असुलिएको विद्युतको भ्याट भदौको बिलमा समायोजन हुने, असार मसान्तसम्म खपत भएको विद्युतमा भ्याट नलाग्ने
  8. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  9. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  10. १० सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  11. ११ बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  12. १२ नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  13. १३ सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  14. १४ साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  15. १५ नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला