होमपेज > सीजी सिमेन्टको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट

सीजी सिमेन्टको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट

बिज्ञापन

नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट सीजी सिमेन्ट इन्डस्ट्रिज प्रालिका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । मंगलबार सानेपास्थित चौधरी ग्रुपको मुख्य कार्यालयमा ढाँट र सीजी सिमेन्टबीच ‘ब्रान्ड एम्बासडर’ सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार ढाँटले सीजी सिमेन्टका उत्पादन र सेवाको प्रचार–प्रसार गर्नेछन् ।

सम्झौता पत्रमा सीजी सिमेन्टका प्रमुख जयन्द्र चुडाल र फाइटर ढाँटले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार ढाँटले सीजी सिमेन्टका लागि प्रोमोशनल गतिविधि, फोटो र भिडियो सुट, साथै सामाजिक सञ्जालमार्फत ब्रान्ड प्रमोशन गर्नेछन् । सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै चुडालले ढाँटले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उज्यालो पारेको र उनको संघर्ष र समर्पण सीजी सिमेन्टका मूल्य र भावनासँग मेल खाने बताए । “ढाँटसँगको सहकार्यले नेपाली युवामा सकारात्मक प्रेरणा जगाउने विश्वास छ,” उनले भने ।

ढाँटले पनि चौधरी ग्रुप जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा गर्व महसुस भएको बताए । “नेपालकै अग्रणी व्यावसायिक संस्थासँग सहकार्य गर्न पाउँदा गर्व लागेको छ । हाम्रो सहकार्य अर्थपूर्ण र प्रेरणादायी हुनेछ भन्ने विश्वास लिएको छु,” उनले भने ।

भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) उपाधि जितेका ढाँट हाल नेपाली युवाबीच लोकप्रिय एमएमए फाइटरका रूपमा चिनिन्छन् । सीजी सिमेन्ट नेपालको सर्वाधिक लोकप्रिय सिमेन्ट ब्रान्ड हो । उत्कृष्ट गुणस्तर र ग्राहकमैत्री सेवाका कारण सीजी सिमेन्ट नेपालको निर्माण क्षेत्रमा पहिलो रोजाइको सिमेन्ट बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?