होमपेज > सिजी ब्रान्डद्वारा योजना सार्वजनिक: मुम्बईमा आईसीसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर

सिजी ब्रान्डद्वारा योजना सार्वजनिक: मुम्बईमा आईसीसी टी–२० वर्ल्डकपमा नेपालको खेल प्रत्यक्ष हेर्ने सुवर्ण अवसर

बिज्ञापन

अब पालो टी–२० वर्ल्डकपको। यही खेल उत्सवको उमङ्गलाई थप उचाइमा पुर्‍याउन नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजीले “सिजीको साथमा, वर्ल्डकप टिकट हातमा” “#LevelUP!withCG भन्ने मूल नाराका साथ आफ्नो नयाँ उपहार योजना सार्वजनिक गरेको छ।

आगामी आईसीसी टी–२० वर्ल्डकपको उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका सामानहरूको खरिदमा हातखाली नजाने पक्का उपहारहरू (Sure Shot Gifts) र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार, “बम्पर उपहारमा विजेताहरूले आईसीसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यो योजनामा सहभागी हुन CG [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ मा SMS पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरू छनोट गरिनेछ ।“

विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने ‘नेपालको खेलको टिकट समावेश गरिएको छ।”

कम्पनीले जनाए अनुसार, “बम्पर उपहार बाहेक सिजी ब्रान्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हातखाली नजाने गरी निम्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्। जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट , सिजी तथा सिजी मेरिडियाको ४३ इन्च  भन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभी  सब्स्क्रिप्शन, त्यसको साथसाथै सिजी ब्रान्डको फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ३ केजी एरियल पाउडर र सिजी ब्रान्डको टप लोड वाशिङ मेसिनको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केटल प्राप्त गर्न सक्नेछन्।“

यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको छ। ४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ।

देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट www.cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ। यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  2. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  3. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  4. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  5. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  6. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  7. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  8. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  9. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  10. १० सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  11. ११ आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  12. १२ माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  13. १३ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  14. १४ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  15. १५ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?