होमपेज > जुम्लामा स्याउबाट ४१ करोडभन्दा बढी आम्दानी

जुम्लामा स्याउबाट ४१ करोडभन्दा बढी आम्दानी

बिज्ञापन

जुम्लामा चालु वर्ष करिब १८ हजार २४५ मेट्रिकटन स्याउ उत्पादन हुँदा ४१ करोड २९ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको छ। जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार जिल्लाका आठवटै स्थानीय तहका २४ हजार ८३८ परिवारमध्ये १९ हजार १५० परिवार स्याउखेतीमा संलग्न छन्।

कृषि विकास कार्यालयका अनुसार जिल्लामा कूल खेतीयोग्य जमिन ३९ हजार ४३५ हेक्टर रहेको छ। आव २०८१/८२ मा स्याउखेती हुने क्षेत्रफल ४ हजार ३२५ हेक्टर रहेकामा चालु आवमा बढेर ४ हजार ४४५ हेक्टर पुगेको छ। यद्यपि चालु आवमा दुई हजार १२५ हेक्टर क्षेत्रमा मात्रै स्याउ फलेको कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए।

पछिल्लो समय जुम्लामा स्याउखेती गर्ने किसानको संख्या बढ्दै गएको छ। आव २०८१/८२ मा स्थानीय तथा उच्च घनत्व (फुजी) जातका स्याउको कूल उत्पादन २० हजार ५१२ मेट्रिकटन रहेकोमा चालु आवमा घटेर १८ हजार २४५ मेट्रिकटनमा सीमित भएको छ। असिना र वेमौसमी वर्षाका कारण उत्पादन करिब १० प्रतिशतले घटेको प्रमुख अधिकारी अधिकारीले बताए।

हाल जिल्लामा १ हजार ७६५ मेट्रिकटन स्याउ भण्डारगृहमा राखिएको छ। स्याउ बिक्रीमा संलग्न किसान ७ हजार ३५० र व्यापारी ६०३ जना रहेका छन्। नासो तथा कोसेलीमार्फत २ हजार ६४८ मेट्रिकटन स्याउ जिल्लाबाहिर निर्यात भएको कृषि विकास कार्यालयले जनाएको छ।

जिल्लामा ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा उच्च घनत्वको स्याउखेती हुँदै आएको छ। यो वर्ष ५८६ मेट्रिकटन उच्च घनत्व जातको स्याउ उत्पादन भएकोमध्ये ४२७ मेट्रिकटन निर्यात गरिएको छ।

जुम्लामा उत्पादन हुने स्याउका प्रमुख जातमा ‘रेड डेलिसियस’, ‘रोयल डेलिसियस’, ‘गोल्डेन डेलिसियस’, ‘रिचारेड’ र ‘जनाधन’ रहेका छन्। उन्नत जाततर्फ फुजी गाला (इटालियन जात)को खेती भइरहेको छ। साथै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले सिफारिस गरेका ‘स्टारकिमसन’, ‘डेलिसियस’, ‘बाइट एन अर्ली’ र ‘स्टार्क स्पर गोल्डेन’ जातको खेतीबारे अध्ययन भइरहेको प्रमुख अधिकारीले जानकारी दिए।

गत वर्षको तुलनामा स्याउ उत्पादन केही घटे पनि यस वर्ष राम्रो मूल्य पाएकाले किसानको आम्दानी भने बढेको अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  2. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  3. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  4. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  5. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  6. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  7. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  8. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  9. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  10. १० गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  11. ११ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  12. १२ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  13. १३ सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  14. १४ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  15. १५ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु