होमपेज > राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै

राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै

बिज्ञापन

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।

केन्द्रीय बैंकले १७९ दिनका लागि उक्त रकम संकलन गर्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो। सोमबार अनलाइन बोलकबोल प्रणालीमार्फत निक्षेप संकलन गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँट गर्दा सहभागी संस्थाले प्रस्ताव गरेको ब्याजदरमध्ये सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकता दिइनेछ। यसरी क्रमशः रकम बाँडफाँट गर्दै राष्ट्र बैंकले आह्वान गरेको कुल रकमसम्म निक्षेप संकलन गरिनेछ।

सोमबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज २०८३ माघ ८ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन तथा बजार ब्याजदरलाई व्यवस्थित गर्न पछिल्लो समय निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत प्रणालीबाट तरलता खिच्दै आएको छ।

नेपाल राष्ट्र बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार वित्तीय बजारमा दीर्घकालीन प्रकृतिको अधिक तरलता देखिएमा त्यसको व्यवस्थापन तथा बजार ब्याजदरलाई व्यवस्थित गर्न कारोबार सञ्चालन समितिले आवश्यकता अनुसार संरचनात्मक खुला बजार कारोबारअन्तर्गत बढीमा ६ महिनासम्मको दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्न सक्ने व्यवस्था छ।

यही व्यवस्थाअनुसार केन्द्रीय बैंकले वित्तीय प्रणालीमा अधिक तरलता देखिएको अवस्थामा पटक–पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। राष्ट्र बैंकको यो कदमले बैंक तथा वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता सोस्दै बजारमा ब्याजदरलाई व्यवस्थित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  2. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  3. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  4. नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  5. राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  6. नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  7. गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  8. ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  9. सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो
  10. १० सानिमा बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ८३ करोड
  11. ११ सुनसरीमा दुई समूहबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु, सुरक्षा कमान्डमाथि गम्भीर प्रश्न
  12. १२ धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  13. १३ साउनको दोस्रो सोमबारः पशुपतिनाथमा पूजा, आराधना गर्नेको घुइँचो
  14. १४ ‘ग्रे लिस्टिङ’लाई चेतावनी होइन, वित्तीय प्रणाली सुधारको अवसरका रूपमा लिनुपर्छ : सुजिता माथेमा
  15. १५ डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता तत्काल उठाउन सरकारसँग कुलमान घिसिङको माग