होमपेज > सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने

सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने

प्रधानमन्त्री र गृहमन्त्रीको बचाउ गर्दै रविले भने - उहाँहरुले आ–आफ्नो तर्फबाट कार्यसम्पादन गर्दै हुनुहुन्छ

बिज्ञापन

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान परिस्थिति संवेदनशील रहेकाले शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्नु अहिलेको मुख्य दायित्व भएको बताएका छन्। बुधबार सिंहदरबारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मुलुकमा देखिएको असहज परिस्थितिलाई सामान्य बनाउन सबै राजनीतिक दल एकमत रहेको बताए।

उनले विगतका आन्दोलन र वर्तमान परिस्थितिको पृष्ठभूमि फरक रहेको उल्लेख गर्दै अहिले विभिन्न भ्रम र अफवाह फैलिरहेको बताए। आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनालाई गम्भीर रूपमा लिनुपर्ने भन्दै उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताए।

सर्वदलीय बैठकमा राजनीतिक दलका शीर्ष नेताहरूले वर्तमान घटनाक्रमको समीक्षा गर्दै सरकारको ध्यानाकर्षण गराएको लामिछानेले जानकारी दिए। उनले प्रधानमन्त्री र गृहमन्त्रीले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको बताए। राजनीतिक दलहरूले एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा पनि संयमता अपनाएर वर्तमान परिस्थितिलाई सहज बनाउन भूमिका खेल्नुपर्ने उनको भनाइ छ। उनले सञ्चारकर्मीहरूलाई समेत सामाजिक सद्भाव नखलबलिने गरी संवेदनशील र जिम्मेवार ढङ्गले सूचना सम्प्रेषण गर्न आग्रह गरे।

अनुसन्धानको निष्कर्ष नआएसम्म हतारमा टिप्पणी नगर्न आग्रह

लामिछानेले नागरिकको ज्यान जानु अत्यन्त गम्भीर विषय भएको भन्दै यसमा सुरक्षा निकाय जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए। घटनाको सत्यतथ्य बाहिर ल्याउन समय लाग्ने भएकाले अनुसन्धानको निष्कर्ष नआएसम्म कुनै पनि विषयमा हतारमा टिप्पणी गर्न नहुने उनको भनाइ छ।

उनले भने, ‘विगतमा नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धलगायतका विषयमा आन्दोलन भएका थिए, तर आजको परिस्थिति हिजोको जस्तो होइन। अहिले विभिन्न भ्रम र अफवाहहरू फैलिएका छन्। हामीले जिम्मेवार प्रशासनलाई निष्पक्ष छानबिनका लागि सहयोग गर्नुपर्छ। अनुसन्धानको निष्कर्ष नआएसम्म कुनै पनि विषयमा टिप्पणी गर्नु हतारो हुनेछ।’

उनले अहिलेको प्राथमिकता शान्ति सुव्यवस्था र सामाजिक सद्भाव कायम गर्नु रहेको बताए। कसले गल्ती गर्‍यो वा कसले कहिले के बोल्यो भन्ने विषयमा अल्झिनेभन्दा पनि वर्तमान परिस्थितिलाई संयमित रूपमा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

साम्प्रदायिक सद्भाव खलबलिने गतिविधि रोक्नुपर्ने

लामिछानेले सुनसरीलगायतका जिल्लामा भएका प्रदर्शन र दुई युवकको ज्यान गएको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताए। उनले कुनै पनि परिस्थितिमा साम्प्रदायिक सद्भाव खलबलिने, एक समुदायले अर्को समुदायप्रति घृणा वा द्वेष फैलाउने तथा आक्रमण गर्ने गतिविधि हुन नहुने बताए।

‘यस्ता संवेदनशील विषयमा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने महसुस भएको छ। चाँडै नै सबैको तर्फबाट एउटा संयुक्त अपिल सार्वजनिक गरिनेछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  2. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  3. माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  4. सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  5. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  6. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  7. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  8. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  9. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  10. १० भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  11. ११ असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  12. १२ दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  13. १३ मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  14. १४ आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  15. १५ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग