होमपेज > निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क

निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क

बिज्ञापन

सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा ५० अर्ब ६० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा कुल बीमा शुल्क आर्जन १५.१२ प्रतिशतले वृद्धि गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १४ निर्जीवन बीमा कम्पनीले कुल ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षमा यो रकम बढेर ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

कुल बीमा शुल्क आर्जनका आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । शिखर इन्स्योरेन्सको बीमा शुल्क आर्जन १२.३८ प्रतिशतले बढेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्दै दोस्रो स्थानमा रहेको छ । कम्पनीको बीमा शुल्क आर्जन अघिल्लो आर्थिक वर्षको तुलनामा ८.४० प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ अर्ब ३७ करोड ४१ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बीमा शुल्क आर्जन ३१.०६ प्रतिशतले बढेको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४ अर्ब ५५ करोड ११ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब ३१ करोड ७४ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, एनएलजी इन्स्योरेन्सले ४ अर्ब २० करोड ७९ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा बीमा शुल्क आर्जन ३७.३० प्रतिशतले बढाएको छ । यो समीक्षा अवधिमा बीमा शुल्क आर्जन वृद्धिका आधारमा सबैभन्दा अगाडि रहेको कम्पनी हो ।

नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड ५० लाख रुपैयाँभन्दा बढी, द ओरिएन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँभन्दा बढी र युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सले ३ अर्ब ८ करोड २० लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्दा नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड ६२ लाख रुपैयाँभन्दा बढी र प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड २८ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड ३७ लाख रुपैयाँभन्दा बढी र नेशनल इन्स्योरेन्सले १ अर्ब २९ करोड ७ लाख रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।

समग्रमा निर्जीवन बीमा क्षेत्रको बीमा शुल्क आर्जनमा वृद्धि देखिए पनि कम्पनीअनुसार वृद्धिदर भने फरक–फरक रहेको तथ्याङ्कले देखाएको छ । एनएलजी इन्स्योरेन्सले ३७.३० प्रतिशत र हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१.०६ प्रतिशत वृद्धि हासिल गरेका छन् भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको वृद्धि सबैभन्दा न्यून ०.१७ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  2. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  3. निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  4. कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  5. आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  6. लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  7. नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  8. सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल
  9. आज घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो
  10. १० माईतीघरमा लघुवित्त पीडितको सामुहिक आमरण अनशन जारी (तस्बिरहरु)
  11. ११ सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्नु अहिलेको मुख्य दायित्व : रवि लामिछाने
  12. १२ नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  13. १३ सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  14. १४ उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  15. १५ यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान