२०८३, आश्विन ९ गते

कुथेली बुखरी हाइड्रोपावरको आम्दानी र नाफा घट्यो

बिहिवार , माघ १, २०८२

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुवैमा गिरावट आएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ८१ लाख ९८ हजार रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको १ करोड ४ लाख रुपैयाँको तुलनामा २१.३२ प्रतिशत कम हो। आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि उल्लेख्य रूपमा घटेको छ। समीक्षा अवधिमा खुद नाफा ४५.४४ प्रतिशतले घटेर २५ लाख ४४ हजार रुपैयाँमा सीमित भएको छ। यस्तै, सो अवधिमा कम्पनीको कुल नाफा २३.७३ प्रतिशत र सञ्चालन मुनाफा २९.३३ प्रतिशतले घटेको छ। नाफामा आएको गिरावटका कारण प्रतिशेयर आम्दानी ७ रुपैयाँ ७१ पैसाले घटेर ७ रुपैयाँ ५९ पैसामा झरेको छ। १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ३ लाख रुपैयाँ सञ्चित रहेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४५ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात २३०.४ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!