२०८३, श्रावण २३ गते

प्रधानमन्त्री शाहले अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग छलफल गर्दै

बिहिवार , श्रावण ७, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा अर्ग्यानिक कृषि क्षेत्रका व्यवसायीसँग आज छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा नेपालमा जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोग प्रवर्द्धनका विषयमा केन्द्रित रहेर छलफल हुने जनाइएको छ। छलफलमा नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटा, उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन सांग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली तथा अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्। नेपाल अर्ग्यानिक संघ जैविक कृषि उत्पादन, प्रशोधन, व्यापार तथा उपभोगलाई प्रोत्साहन गर्ने उद्देश्यले क्रियाशील संस्था हो। संघले अर्ग्यानिक कृषि क्षेत्रको विकास, किसानका उत्पादनको बजारीकरण तथा स्वदेशी जैविक उत्पादनको प्रवर्द्धनमा काम गर्दै आएको छ। छलफलले नेपालमा जैविक कृषि उत्पादनको विस्तार, किसानको उत्पादनको बजार सुनिश्चितता तथा स्वदेशी अर्ग्यानिक वस्तुको प्रवर्द्धनका लागि नीतिगत सहकार्यको आधार तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!