यामाहा नेपालको आयोजना तथा सहकार्यमा थाइल्यान्डको पटायामा आयोजना हुने ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ पार्टनर्स मिट २०२६ मा सहभागी हुन यामाहा नेपालका टोली तथा देशभरका डिलर साझेदारहरू थाइल्यान्ड प्रस्थान गरेका छन्। जुलाई २७ देखि ३१ सम्म आयोजना हुने कार्यक्रममा यामाहा नेपालसँग आबद्ध देशभरका साझेदारहरू एकै ठाउँमा भेला भएर अनुभव आदानप्रदान, सिकाइ तथा आगामी व्यावसायिक रणनीतिबारे छलफल गर्नेछन्। यामाहा नेपालको साझेदार सञ्जालले आयोजना गरेको महत्वपूर्ण कार्यक्रमका रूपमा यसलाई हेरिएको छ। एमएडब्लु राइड्स प्रालिका अध्यक्ष विष्णुकुमार अग्रवाल पनि यामाहा नेपालका टोली तथा डिलर साझेदारसँगै कार्यक्रममा सहभागी हुन थाइल्यान्ड प्रस्थान गर्नुभएको छ। कार्यक्रमले यामाहा नेपाल र देशभरका डिलर साझेदारबीचको सहकार्य तथा दीर्घकालीन सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा यामाहा मोटरका अध्यक्ष हाजिमे आओटाको समेत विशेष उपस्थिति रहनेछ। उहाँको सहभागिताले यामाहा मोटरले नेपालको बजार तथा स्थानीय साझेदारीलाई दिएको महत्वलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ। कार्यक्रमका क्रममा नेपाली साझेदारहरूले यामाहाको विश्वव्यापी नेतृत्वसँग प्रत्यक्ष संवाद गर्ने तथा कम्पनीको आगामी रणनीतिक दिशा र योजनाबारे जानकारी प्राप्त गर्ने अवसरसमेत पाउनेछन्। ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर’ को मूल भावनाअनुसार कार्यक्रम यामाहा नेपाल र उसका साझेदारबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै नयाँ लक्ष्य र अवसरतर्फ साझा रूपमा अघि बढ्ने उद्देश्यमा केन्द्रित रहेको जनाइएको छ। कार्यक्रमअन्तर्गत विभिन्न छलफल तथा विशेष सत्र आयोजना गरिनेछन्। ती सत्रमार्फत नेपाली साझेदारहरूको योगदानको सम्मान गर्नुका साथै आगामी वर्षका लागि साझा विकास र व्यावसायिक विस्तारको दिशासमेत तय गरिने कम्पनीको भनाइ छ। देशका विभिन्न स्थानमा रहेका साझेदारलाई विदेशमा एउटै साझा मञ्चमा भेला गराउनुले यामाहा नेपालले आफ्नो डिलर सञ्जाल र दीर्घकालीन साझेदारीलाई दिएको प्राथमिकता स्पष्ट हुने कम्पनीले जनाएको छ। नेपालमा आफ्नो बजार उपस्थिति थप विस्तार गर्दै गएको यामाहा नेपालका लागि यस्ता कार्यक्रमले साझेदारबीच सहकार्य, एकता र साझा लक्ष्यलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। पार्टनर्स मिट २०२६ मार्फत नयाँ ऊर्जा, स्पष्ट साझा लक्ष्य र आगामी यात्राप्रतिको प्रतिबद्धतासहित यामाहा नेपाल र उसका साझेदारहरू थप सशक्त रूपमा अघि बढ्ने विश्वास व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस