२०८३, श्रावण २३ गते

नेपाली कर्पोरेट नेतृत्वलाई अन्तर्राष्ट्रिय सम्मान, नेपाल लिकर्सका सीईओ अभिनश वीर सिंह तुलाधर ‘सीईओ अफ द इयर’ घोषित

मंगलवार , श्रावण १९, २०८३

नेपाल लिकर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अभिनश वीर सिंह तुलाधर सिंगापुरमा आयोजित एसिया बिजनेस लिडर्स अवार्ड्स अन्तर्गत प्रतिष्ठित ‘सीईओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन्।

कम्पनीका अनुसार यो सम्मान नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि पनि महत्वपूर्ण उपलब्धि हो। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमता, व्यवस्थापन दक्षता र व्यावसायिक योगदानलाई यसले थप स्थापित गरेको कम्पनीको विश्वास छ।

तुलाधर यसअघि नेपाल लिकर्समा डाइरेक्टर अफ अपरेसन्स का रूपमा कार्यरत थिए। त्यसपछि उनी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन्। ‘जेन–जी’ पुस्ताका नेतृत्वकर्ताका रूपमा परिचित उनले अमेरिकाको युनिभर्सिटी अफ रिचमन्ड र फ्रान्सको इसेक बिजनेस स्कुलबाट उच्च शिक्षा हासिल गरेका छन्।

कम्पनीका अनुसार उनले अन्तर्राष्ट्रिय शैक्षिक अनुभवलाई संस्थाभित्रको व्यावहारिक नेतृत्वसँग संयोजन गर्दै आधुनिक व्यवस्थापन शैली र दीर्घकालीन व्यावसायिक रणनीति अपनाएका छन्। उनको नेतृत्वमा कम्पनीले नवप्रवर्तन, ब्रान्ड विस्तार तथा संस्थागत रूपान्तरणमा उल्लेखनीय प्रगति गरेको दाबी गरिएको छ।

सम्मान ग्रहणपछि तुलाधरले यो उपलब्धि आफ्नो व्यक्तिगत सफलता नभई नेपाल लिकर्सको सम्पूर्ण टोलीको सामूहिक प्रयास र समर्पणको परिणाम भएको प्रतिक्रिया दिएका छन्।

नेपाली निजी क्षेत्रका नेतृत्वकर्ताले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित व्यावसायिक अवार्ड प्राप्त गर्नु दुर्लभ मानिन्छ। यस्तो सम्मानले नेपाली कम्पनीहरूको व्यवस्थापन क्षमता र नेतृत्वलाई विश्व बजारमा थप विश्वासयोग्य बनाउने अपेक्षा गरिएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!