२०८३, श्रावण २३ गते

छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, मेची नाकाबाट मात्रै सवा एक अर्बभन्दा बढीको निर्यात

आइतवार , श्रावण १७, २०८३

अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग बढ्दै जाँदा मुलुकको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब ७९ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ।

मेची भन्सार कार्यालयका अनुसार यो अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट एक अर्ब ४१ करोड ७१ लाख ४ हजार रुपैयाँ बराबरको छुर्पी निर्यात भएको थियो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईले पछिल्ला पाँच वर्षदेखि छुर्पी निर्यात निरन्तर वृद्धि भइरहेको बताए। नेपालमा उत्पादन हुने छुर्पी अन्तर्राष्ट्रिय बजारमा मुख्यतः कुकुर र बिरालोको आहार (पेट फुड) का रूपमा प्रयोग हुने भएकाले यसको माग बढ्दै गएको छ।

विशेषगरी इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा छुर्पी उत्पादन हुने गरेको छ। निर्यात बढ्दै जाँदा दुग्धजन्य उत्पादनमा आधारित उद्योग तथा पशुपालक किसानले समेत प्रत्यक्ष लाभ लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!