सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच बढ्दो संशय र तिक्तताबीच प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच बालुवाटारमा भेटवार्ता भएको छ।
आइतबार साँझ लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री शाहसँग करिब ४५ मिनेट छलफल गरेका हुन्।
भेटमा सरकार सञ्चालनमा पार्टीको भूमिकाबारे मुख्य रूपमा छलफल भएको बताइएको छ। साथै लामिछानेको प्रस्तावित भारत भ्रमण र प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमणबारे पनि कुराकानी भएको स्रोतको भनाइ छ।
त्यसैगरी राजदूत छनोट, उच्च तहका नियुक्ति तथा सरकारका मन्त्रीहरूको कार्यप्रगतिबारे समेत छलफल भएको बताइएको छ।
सरकार र पार्टीबीच पछिल्लो समय देखिएको असमझदारीका बीच भएको यो भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।
प्रतिक्रिया दिनुहोस