प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका छन्।
प्रधानमन्त्री शाह मंगलबार कतार एयरवेजको विमानमार्फत नेपालबाट प्रस्थान गरेका थिए। कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी न्युयोर्क पुगेका हुन्। प्रधानमन्त्री शाहले भोलि असोज ८ गते (सेप्टेम्बर २४) संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
महासभामा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले नेपालको समसामयिक अवस्था तथा विश्व समुदायसँग सम्बन्धित विषयमा धारणा राख्नेछन्। महासभामा सहभागिताका क्रममा प्रधानमन्त्री शाहले विभिन्न उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ। न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक अमेरिका भ्रमण हो।
प्रतिक्रिया दिनुहोस