२०८३, भाद्र ८ गते

images

नाडा अटो शो लक्षित नेपाल बैंकको अटो कर्जा

नयाँ निजी तथा व्यावसायिक सवारी किन्दा ०.५ प्रतिशत प्रशासनिक शुल्क, ३ लाखसम्मको आजीवन निःशुल्क क्रेडिट कार्ड

शनिवार , भाद्र ६, २०८३

नाडा अटो शो २०२६ मा सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै नेपाल बैंक लिमिटेडले विशेष अटो कर्जा योजना सार्वजनिक गरेको छ। नेपाल बैंकले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२६ का अवसरमा नयाँ निजी तथा व्यावसायिक सवारी साधन खरिदका लागि विशेष कर्जा सुविधा ल्याएको हो।

योजनाअन्तर्गत ग्राहकले विद्युतीय तथा अन्य सबै प्रकारका नयाँ सवारी साधन खरिद गर्न नेपाल बैंकबाट कर्जा लिन सक्नेछन्। बैंकका अनुसार नाडा अटो शोमा जुनसुकै ब्रान्डको सवारी खरिद गर्दा बैंकको आधार दरमा ०.४९ प्रतिशत थप गरी कायम हुने ब्याजदरमा कर्जा उपलब्ध हुनेछ।

विशेष योजनाअन्तर्गत अटो कर्जा लिने ग्राहकलाई कर्जा प्रशासनिक शुल्कमा समेत सहुलियत दिइएको बैंकले जनाएको छ। सामान्यतया लाग्ने शुल्कको सट्टा ग्राहकले ०.५ प्रतिशत मात्र प्रशासनिक वा सेवा शुल्क तिर्नुपर्नेछ।

त्यस्तै, उक्त कर्जा सुविधा उपभोग गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्मको आजीवन निःशुल्क क्रेडिट कार्ड सुविधा पनि पाउनेछन्। नाडा अटो शोमा सवारी ब्रान्डहरूले मूल्य छुट, सहुलियत तथा विभिन्न अफर ल्याइरहेका बेला बैंक तथा वित्तीय संस्थाबीच पनि अटो कर्जा ग्राहक तान्ने प्रतिस्पर्धा बढ्न थालेको छ।

नेपाल बैंकले नाडा अटो शोमा सहभागी ग्राहक तथा अन्य सवारी खरिद गर्न चाहनेलाई आफ्नो नजिकको शाखामा सम्पर्क गरी अटो कर्जा तथा बैंकका अन्य वित्तीय सेवाबारे जानकारी लिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!