२०८३, भाद्र ५ गते

images

कुमारी बैंक र हेल्भेटासबीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न समझदारी

बिहिवार , भाद्र ४, २०८३

कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपालबीच हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले समझदारी भएको छ।

सम्झौताअनुसार नेपालको उदाउँदो हरित अर्थतन्त्रमा संलग्न सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा मूल्य शृङ्खलामा आबद्ध अन्य साझेदारलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइने बैंकले जनाएको छ।

सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्।

बैंकका अनुसार सहकार्यले समावेशी आर्थिक विकास, उद्यम प्रवर्द्धन तथा मूल्य शृङ्खला सुदृढीकरणमा हेल्भेटास नेपालको अनुभवलाई बैंकको वित्तीय विशेषज्ञता, सेवा र व्यापक पहुँचसँग जोड्नेछ।

हरित उद्यमीलाई वित्तीय र व्यावसायिक सहयोग

साझेदारीबारे कुमारी बैंकका दिगो बैंकिङ प्रमुख अर्पण पौडेलले हरित उद्यम विकासमा लागेका व्यवसाय तथा उद्यमीलाई वित्तीय स्रोतसँगै आवश्यक व्यावसायिक क्षमता विकासमा समेत सहयोग गर्ने बताए।

उनका अनुसार सहकार्यले हरित तथा जलवायु उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउनुका साथै व्यवसायीको वित्तीय पहुँचलाई थप दिगो बनाउनेछ।

बैंकले यस सहकार्यलाई हरित अर्थतन्त्रमा नयाँ उद्यमको विकास, रोजगारी सिर्जना तथा स्थानीय मूल्य शृङ्खलालाई बलियो बनाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!