२०८३, भाद्र ५ गते

images

एनएमबि बैंकले सुरु गर्‍यो अनलाइन कर्जा आवेदन र ‘रियल-टाइम’ ट्रयाकिङ प्रणाली

बिहिवार , भाद्र ४, २०८३

एनएमबी बैंकले ग्राहकले घर वा कार्यालयबाटै कर्जा आवेदन दिन र त्यसको अवस्था रियलटाइममा हेर्न सक्ने अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ।

बैंकका अनुसार नयाँ डिजिटल प्रणालीले कर्जा लिनका लागि शाखा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट घटाउनेछ। ग्राहकले मोबाइल, कम्प्युटर वा अन्य उपकरणबाटै अनलाइन आवेदन दिन सक्नेछन्।

नयाँ प्रणालीमार्फत कर्जा आवेदनको सुरुदेखि अन्तिम प्रक्रियासम्मलाई डिजिटल बनाइएको बैंकले जनाएको छ। आवेदन दिएपछि ग्राहकले तत्कालै अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्। सोही आईडी प्रयोग गरेर आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी रियलटाइममा हेर्न सकिनेछ।

कसरी दिने अनलाइन कर्जा आवेदन ?
ग्राहकले एनएमबी बैंकको डिजिटल पोर्टल digi.nmb.com.np मा गएर ‘लोन सर्भिसेज’ छनोट गर्नुपर्नेछ। त्यसपछि ‘एक्सप्लोर प्रडक्ट्स’ मा क्लिक गरी आफूले लिन चाहेको कर्जा छनोट गर्न सकिनेछ।

कर्जा छनोट गरेपछि आवश्यक विवरण भरेर आवेदन बुझाउनुपर्नेछ। फारम बुझाएलगत्तै ग्राहकले युनिक अनलाइन लोन ट्र्याकिङ आईडी प्राप्त गर्नेछन्। त्यसपछि उक्त ट्र्याकिङ आईडी प्रयोग गरी आफ्नो कर्जा आवेदनको अवस्था अनलाइनबाटै हेर्न सकिने बैंकले जनाएको छ।

शाखा धाउनुपर्ने बाध्यता घट्ने

बैंकका अनुसार नयाँ प्रणालीले कर्जा आवेदन प्रक्रियामा हुने म्यानुअल काम र कागजी झन्झट घटाउनुका साथै ग्राहकको समय बचत गर्नेछ। आवेदन प्रक्रियामा पारदर्शिता बढ्ने र कर्जा सेवाको टर्नअराउन्ड टाइमसमेत घटाउन सहयोग पुग्ने बैंकको अपेक्षा छ।

डिजिटल माध्यमबाट कर्जा प्रक्रियालाई अघि बढाउँदा कागजको प्रयोग घट्ने भएकाले बैंकले यसलाई वातावरणमैत्री तथा दिगो बैंकिङ सेवातर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

एनएमबी बैंकले खुद्रा तथा व्यावसायिक दुवै ग्राहकलाई लक्षित गर्दै यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ। बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ।

नयाँ प्रणालीसँगै कर्जा आवेदनको अवस्था बुझ्न पटक–पटक शाखा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने र ग्राहकले आफ्नो आवेदनको प्रगति आफैं अनलाइनबाट निगरानी गर्न सक्ने बैंकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!