२०८३, आश्विन ९ गते

नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक हुँदै

सोमवार , भाद्र ८, २०८३

विद्युतीय सवारीसाधन ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरेको छ। नेपाली बजारमा लोकप्रिय बनेको नामी बक्सको नयाँ संस्करण थप परिष्कृत डिजाइन, आधुनिक प्रविधि र सुविधासहित आउने कम्पनीले जनाएको छ।

सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन तथा आधुनिक सुविधाका कारण छोटो समयमै लोकप्रिय बनेको कम्पनीको दाबी छ।

हालसम्म नेपालका सडकमा २ हजारभन्दा बढी नामी सवारीसाधन सञ्चालनमा आइसकेका छन्। यससँगै नामीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको जनाएको छ।

नामी भिगो ई२ को सफल सार्वजनिकरणपछि कम्पनीले नयाँ नामी बक्समार्फत आफ्नो उत्पादन यात्रालाई थप विस्तार गर्न लागेको हो। नयाँ मोडलमा अघिल्लो संस्करणको तुलनामा थप परिष्कृत डिजाइन, सुविधा तथा नयाँ प्रविधि समावेश हुने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार नयाँ नामी बक्सका सम्पूर्ण विशेषता, प्राविधिक विवरण तथा नेपाली बजारका लागि मूल्य नाडा अटो शो २०२६ मै सार्वजनिक गरिनेछ।

नेपाली बजारमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेका बेला नयाँ नामी बक्सले बजारमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ। पुरानो मोडलले बनाएको बजार र नयाँ संस्करणमा थपिने प्रविधि तथा सुविधाका कारण यो मोडल अटो शोका प्रमुख आकर्षणमध्ये एक बन्न सक्ने देखिन्छ।
  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!