नेपालमा ओमोडा र जेकोका सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले प्रिमियम विद्युतीय एसयूभी जेको जे५ प्रो का लागि विशेष ‘नाडा स्पेशल स्किम’ सार्वजनिक गरेको छ।
हालै सम्पन्न नाइमा मोबिलिटी एक्स्पोमा देखिएको ग्राहकको उच्च चासो र मागलाई ध्यानमा राख्दै कम्पनीले सीमित अवधिका लागि विशेष मूल्य योजना ल्याएको हो। योजनाअन्तर्गत निश्चित समयसम्म ग्राहकले जेको जे५ प्रो ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार अगस्ट ११ देखि १६ सम्म सञ्चालन भएको नाइमा मोबिलिटी एक्स्पोमा जे५ प्रो बुकिङ गरेका ग्राहकले समेत यही विशेष मूल्यमा गाडी खरिद गर्न पाउनेछन्।
१५५ किलोवाट मोटर, ५०.७ किलोवाट आवर ब्याट्री
जेको जे५ प्रोमा १५५ किलोवाटको विद्युतीय मोटर जडान गरिएको छ, जसले २८८ एनएम टर्क उत्पादन गर्छ। यसमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ। नेपाली सडक र भूगोललाई ध्यानमा राख्दै गाडीमा १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र फुल साइज स्पेयर टायर उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
सुरक्षातर्फ १९ भन्दा बढी एडीएएस सुविधा, ३६० डिग्री क्यामेरा तथा अन्य आधुनिक सुरक्षा प्रणाली राखिएको छ। गाडीमा ४८० लिटरको बुटस्पेस र प्यानोरामिक मुनरुफसमेत उपलब्ध छ।
११ वर्षसम्मको वारेन्टी
ग्राहकको विश्वास बढाउन कम्पनीले जेको जे५ प्रोमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर, जुन पहिले आउँछ, त्यतिसम्मको विस्तारित वारेन्टी उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार जेको जे५ ले थाइल्यान्ड र इन्डोनेसियालगायत अन्तर्राष्ट्रिय बजारमा राम्रो बिक्री प्रदर्शन गर्दै आएको छ। नेपाली बजारमा पनि विद्युतीय एसयूभीप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै जे५ प्रोले बजारमा आफ्नो उपस्थिति बलियो बनाउने कम्पनीको अपेक्षा छ।
४७ लाख ९९ हजार रुपैयाँको नाडा स्पेशल स्किम सीमित अवधिका लागि मात्र लागू हुने भएकाले इच्छुक ग्राहकलाई कम्पनीले समयमै बुकिङ गर्न आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस