२०८३, भाद्र १० गते

images

बुधबार सार्वजनिक बिदा

मंगलवार , भाद्र ९, २०८३

सरकारले मोहम्मद जयन्तीका अवसरमा बुधबार मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीका लागि बुधबार सार्वजनिक बिदा दिइएको जनाएको हो।

मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती पर्ने जानकारी गराएपछि गृह मन्त्रालयले बिदासम्बन्धी सूचना जारी गरेको हो।

सरकारले २०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरेको छ।

बिदा मुस्लिम धर्मावलम्बीका लागि मात्र लागू हुने गृह मन्त्रालयले स्पष्ट पारेको छ। 

1787656432-KGSON.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!