२०८३, भाद्र १० गते

images

नाडामा टाटाको सिएरा ईभी सार्वजनिक, नेक्सनको नयाँ भेरियन्ट र अन्य मोडलमा छुट

बुधवार , भाद्र १०, २०८३

नेपाली बजारमा टाटाको नयाँ विद्युतीय एसयूभी सिएरा ईभी सार्वजनिक भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२६ मा सिएरा ईभी सार्वजनिक गरेको हो ।

कम्पनीले सिएरा ईभीको प्रि–बुकिङसमेत खुला गरेको छ । यसको डेलिभरी आगामी दसैँदेखि सुरु गरिने सिप्रदी ट्रेडिङले जनाएको छ । नेपाली विद्युतीय सवारी बजारमा टाटाको उपस्थिति बलियो रहँदै आएको अवस्थामा सिएरा ईभीको आगमनले कम्पनीको विद्युतीय सवारी पोर्टफोलियोलाई थप विस्तार गरेको छ ।

सिप्रदीले हाल टाटाका टियागो ईभी, पन्च ईभी, नेक्सन ईभी र कर्भ ईभी बिक्री गर्दै आएको छ । सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा टाटा ईभीको यात्राले नयाँ उचाइ लिएको बताए ।

'नयाँ टियागो ईभी र नयाँ पन्च ईभीमा नेपाली ग्राहकले देखाउनुभएको अभूतपूर्व विश्वासले हामीलाई उत्साहित बनाएको छ । काठमाडौंका सडकदेखि देशका विकट भूगोलसम्म दिगो यातायात पहुँच पुर्‍याउन टाटा ईभी अग्रणी बनेको छ,' उनले भने ।

सिएरा ईभीको आगमनले प्रिमियम एसयूभी खोज्ने ग्राहकका लागि नयाँ मापदण्ड खडा गर्ने श्रेष्ठले बताए । उनका अनुसार यसले ग्राहकलाई आगामी दिनका लागि आधुनिक र सक्षम विद्युतीय सवारीमा पहुँच सुनिश्चित गर्नेछ ।

आकर्षक डिजाइन, उत्कृष्ट कार्यक्षमता, फराकिलो इन्टेरियर र अत्याधुनिक प्रविधिसहित सिएरा ईभीमा २०५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ । विशिष्ट डिजाइन, रोमाञ्चक कार्यक्षमता र दैनिक व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर सिएरा ईभी तयार गरिएको कम्पनीको भनाइ छ ।

नेक्सन ईभीको नयाँ भेरियन्ट सार्वजनिक

नाडा अटो शोमा सिप्रदीले आफ्नो लोकप्रिय एसयूभी नेक्सन ईभीको नयाँ भेरियन्ट ‘नेक्सन ईभी रिलोड’ समेत सार्वजनिक गरेको छ । कम्पनीले यसको आधिकारिक मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, नाडा अटो शोको अवसरमा ग्राहकले ४२ लाख ४९ हजार रुपैयाँमै नेक्सन ईभी रिलोड खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!