यामाहाले नाडा अटो शो २०२६ मा आफ्ना विभिन्न मोडलका नयाँ भेरियन्ट सार्वजनिक गर्ने भएको छ। यामाहाले एरोक्स १५५ एस, फेसिनो एस तथा डिस्क हाइब्रिड र आर१५ एस तथा आर१५ एमका नयाँ भेरियन्ट नाडामा सार्वजनिक गर्न लागेको हो। एरोक्स १५५ एस १५५ सीसी इन्जिन, स्पोर्टी डिजाइन तथा कि-लेस फिचरसहित आउनेछ।
कम्पनीले यसलाई पर्फर्मेन्स र दैनिक प्रयोग दुवैका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरेको छ। यस्तै, फेसिनो एस हाइब्रिड र फेसिनो डिस्क हाइब्रिड नयाँ भेरियन्ट आकर्षक डिजाइन र सहज यात्रालाई लक्षित गरी ल्याइएको कम्पनीले जनाएको छ। आर१५ एस र आर१५ एमले यामाहाको लोकप्रिय आर सिरिजलाई थप परिमार्जित रूपमा प्रस्तुत गर्नेछन्। कम्पनीका अनुसार यी मोडल स्पोर्टी मोटरसाइकल तथा रोमाञ्चक राइडिङ अनुभव रुचाउने ग्राहकलाई लक्षित छन्।
MAW ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली राइडरको फरक–फरक आवश्यकता र रुचिअनुसार नयाँ भेरियन्ट ल्याइएको बताए। MAW राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले नेपाली राइडरको बदलिँदो रुचिलाई ध्यानमा राखेर नयाँ उत्पादन सार्वजनिक गर्न लागिएको बताए। नाडा अटो शो २०२६ मा आगन्तुकले यी नयाँ भेरियन्टलाई प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। यामाहाका नयाँ उत्पादनहरू नाडास्थित ब्लू च्याम्बर TW8 र TW10 मा राखिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस