२०८३, आश्विन ९ गते

लिपमोटर सी१० को विशेष अफर : ७५ लाख ९९ हजारमै २०२६ मोडल

शुक्रवार , भाद्र १२, २०८३

गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले विद्युतीय एसयूभी लिपमोटर सी१० २०२६ मोडलका लागि विशेष अफर मूल्य सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार सीमित अवधिका लागि सी१० को २०२६ मोडल ७५ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिनेछ। अफर अवधि सकिएपछि भने यसको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ कायम हुने कम्पनीले जनाएको छ।

स्मार्ट कनेक्टिभिटीमा थप सुविधा

सी१० को २०२६ मोडलमा अघिल्लो संस्करणको तुलनामा स्मार्ट कनेक्टिभिटी सुविधालाई थप परिष्कृत गरिएको छ। यसमा लिपमोटरको आधिकारिक मोबाइल एपसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटो सुविधा उपलब्ध छ। नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र ग्राहकले रुचाएको मोडलका रूपमा कम्पनीले सी१० लाई प्रस्तुत गरेको छ।

५३० किलोमिटरसम्मको रेन्ज

लिपमोटर सी१० मा १६० किलोवाट क्षमताको विद्युतीय रियर–ह्विल ड्राइभ मोटर जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा ५३० किलोमिटर (सीएलटीसी) सम्मको रेन्ज दिन्छ।

एसयूभीमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। ‘सेल–टु–चेसिस’ प्रविधिमा आधारित सी१० मा सुरक्षा र फराकिलो केबिनलाई प्रमुख विशेषताका रूपमा प्रस्तुत गरिएको छ।

इन्टेरियरतर्फ १४.६ इन्चको केन्द्रीय टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्गमिटरको प्यानोरामिक ग्लास रूफ, एल२ एडीएएस सुरक्षा प्रणाली तथा प्रिमियम लेदरेट सिट उपलब्ध छन्।

विश्व बजारमा लिपमोटरको विस्तार

कम्पनीका अनुसार लिपमोटर स्टेलान्टिससँगको विश्वव्यापी सहकार्यमा सञ्चालित विद्युतीय सवारीसाधन ब्रान्ड हो। स्टेलान्टिसअन्तर्गत माजेराटी, अल्फा रोमियो र प्युजो लगायतका विश्वप्रसिद्ध ब्रान्डहरू रहेका छन्।

लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी विद्युतीय सवारीसाधन बिक्री गरिसकेको कम्पनीको दाबी छ। जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी सवारीसाधन बिक्री भएको जनाइएको छ। हाल लिपमोटरको बिक्री तथा सेवा सञ्जाल विश्वका ५० भन्दा बढी देशमा १ हजार ७ सयभन्दा बढी केन्द्रमा विस्तार भएको कम्पनीले जनाएको छ।

सांग्रिला मोटर्सले नेपाली बजारमा लिपमोटरप्रति ग्राहक तथा अवलोकनकर्ताले देखाएको विश्वास र सहयोगप्रति आभार व्यक्त गर्दै सीमित अवधिको विशेष मूल्य योजनाबाट ग्राहकले सी१० २०२६ मोडल खरिद गर्न सक्ने जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!