नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढिरहेका बेला एथर नेपालले आफ्नो देशव्यापी उपस्थिति विस्तार गरेको छ। नेपालका लागि एथरको अधिकृत वितरक वैद्यज एनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
भदौ १७ गते औपचारिक उद्घाटन गरिएको उक्त सेन्टरसँगै नेपालमा एथरका एक्सपेरियन्स सेन्टरको संख्या १३ पुगेको कम्पनीले जनाएको छ। उद्घाटन कार्यक्रममा धरानका कार्यवाहक मेयर ऐन्द्रविक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थिति थियो।
सञ्चालनअघि नै २५ भन्दा बढी बुकिङ
कम्पनीका अनुसार धरानमा सेन्टर औपचारिक रूपमा सञ्चालनमा आउनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भइसकेको थियो। नयाँ एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरका ४५० सिरिज, ४५० एक्स ओभरटोन सिरिज तथा रिज्टा प्रत्यक्ष अवलोकनसँगै टेस्ट राइड गर्न सक्नेछन्।
४५० सिरिजमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टर्याक्सनजस्ता प्रविधि उपलब्ध छन्। रिज्टालाई भने आराम, व्यावहारिकता र पारिवारिक दैनिक प्रयोगलाई लक्षित गरी तयार गरिएको कम्पनीको भनाइ छ।
भदौ २३ सम्म विशेष अफर
धरान एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा भदौ २३ गतेसम्म विशेष अफर सार्वजनिक गरिएको छ। यसअन्तर्गत ग्राहकले विस्तारित ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा थप ८ हजार रुपैयाँ मूल्यांकन लाभमध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।
८ वर्षसम्म ब्याट्री वारेन्टी
कम्पनीका अनुसार एथरको ‘Eight70 Battery Warranty’ अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ। यस योजनामा ब्याट्रीको स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता गरिएको कम्पनीले जनाएको छ।
वैद्यज एनर्जीका अनुसार नेपालभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर सञ्चालनमा छन् भने ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेका छन्। उक्त चार्जिङ नेटवर्कमा अनुकूल एथर स्कुटरलाई शून्यदेखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
धरानमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकले एथरका विद्युतीय स्कुटर, प्रविधि, सर्भिस तथा चार्जिङ सुविधामा थप सहज पहुँच पाउने कम्पनीले जनाएको छ।
कम्पनीले एक्सपेरियन्स सेन्टर, सर्भिस नेटवर्क र चार्जिङ पूर्वाधारलाई एकसाथ विस्तार गर्दै नेपालमा समग्र विद्युतीय मोबिलिटी इकोसिस्टम विकास गर्ने लक्ष्य लिएको छ।
प्रतिक्रिया दिनुहोस