२०८३, आश्विन ९ गते

आगजनीपछि पुनर्निर्माण गरिएको भाटभटेनीको टङ्गाल मुख्य कार्यालय पुनः सञ्चालनमा

सोमवार , आश्विन ५, २०८३

काठमाडौंको टङ्गालस्थित भाटभटेनी सुपरमार्केटको मुख्य कार्यालय आगजनीबाट क्षतिग्रस्त भएको एक वर्षपछि पुनः सञ्चालनमा आएको छ।

 

२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त बनेको भवनलाई पुनःस्थापना तथा पुनर्निर्माण गरी भाटभटेनीले पुरानै स्वरूपमा कार्यालय सञ्चालनमा ल्याएको हो।

आगजनीपछि भवनमा ठूलो क्षति पुगेकाले लामो समयदेखि पुनर्निर्माण तथा पुनःस्थापनाको काम भइरहेको थियो। निर्माण कार्य सम्पन्न भएपछि आजदेखि टङ्गालस्थित मुख्य कार्यालयबाट औपचारिक रूपमा सेवा तथा गतिविधि सुरु गरिएको भाटभटेनीले जनाएको छ।

मुख्य कार्यालय पुनः सञ्चालनमा आएसँगै भाटभटेनीका नियमित प्रशासनिक तथा व्यवस्थापकीय गतिविधि टङ्गालबाटै सञ्चालन हुन थालेका छन्।

आगजनीबाट क्षतिग्रस्त संरचनालाई पुनर्निर्माण गरी पुरानै स्वरूपमा फर्काइएको कम्पनीले जनाएको छ। पुनर्निर्माणपछि कार्यालयको नियमित सञ्चालनले कम्पनीको प्रशासनिक तथा व्यवस्थापनसम्बन्धी कामलाई पुनः पुरानै संरचनामा फर्काएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!