होमपेज > अनुदान मलमा कालोबजारी र मिसावट गरे कारबाही गरिने

अनुदान मलमा कालोबजारी र मिसावट गरे कारबाही गरिने

बिज्ञापन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरि रासायनिक मल आपूर्ति र बिक्री वितरण व्यवस्थित बनाउन प्रयास गरिरहे पनि अन्तर्राष्ट्रिय परिस्थितिका कारण केही चुनौती थपिएको जनाएको छ ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै विशेषगरी पश्चिम एसियामा जारी द्वन्द्वका कारण सम्झौता भइसकेको करिब १ लाख ८५ हजार टन मल आपूर्तिमा समस्या परेको जानकारी दिएको हो । अगामी वर्षे धानबाली सिजनमा मलको माग र खपत उच्च हुने समय नजिकिँदै गर्दा मन्त्रालयले वैकल्पिक उपाय मार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको दाबी गरेको छ ।

यद्यपि, अन्तर्राष्ट्रिय बजारबाट मल खरिद र आपूर्तिमा हुन सक्ने सम्भावित समस्याप्रति मन्त्रालयले पूर्वसतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । मल अभाव मौका छोपेर बजारमा कमसल मल बिक्री हुन सक्ने वा सरकारी अनुदानको मलमा कालोबजारी हुन सक्ने सम्भावना मध्यनजर गर्दै मन्त्रालयले कडा नियमन गर्ने बताएको छ ।

‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५’ को प्रावधान अनुसार तोकिएको विशिष्टीकरण र मापदण्ड पुगेका मलमात्र पैठारी र बिक्री गर्न पाइने व्यवस्थालाई कडाइसाथ लागु गरिने सूचनामा उल्लेख छ । मन्त्रालयले किसानहरूलाई कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट आधिकारिक रूपमा दर्ता भएका डिलरहरूबाट मात्र मल खरिद गर्न अनुरोध गरेको छ ।

‘हामी किसानलाई अनुदानमा गुणस्तरीय मल उपलब्ध गराउन हरदम प्रयासरत छौं, तर मल खरिद गर्दा किसान स्वयंले पनि मूल्य, स्रोत र गुणस्तरबारे विक्रेतासँग सोधखोज गरी यकिन गर्नु जरुरी छ,’ सूचनामा छ, ‘यदि कतै अनियमितता वा कमसल मल भेटिए तुरुन्त स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनुहोला ।’ आदेशमा उल्लेखित मापदण्ड बाहेक मल मिश्रण गरी बेच्न, गलत विवरण वा लेबल राखेर झुक्याउन पूर्णरूपमा निषेध गरिएको छ ।

यदि कसैले प्रचलित कानुन र ‘रासायनिक मल (नियन्त्रण) आदेश २०५५’ प्रतिकूल हुने गरी कारोबार गरेको पाइए कडा कानुनी कारबाही गरिने चेतावनी मन्त्रालयले दिएको छ ।हाल देशभरि सामान्य रूपमा मल बिक्री वितरण भइरहे पनि भविष्यमा हुन सक्ने अभाव टार्न मन्त्रालयले वैकल्पिक वैदेशिक स्रोत खोजी गरिरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. राजस्वको बिग्रिएको लय र चुहावट नियन्त्रणमा अर्जुनदृष्टि लगाउन अर्थमन्त्रीको निर्देशन (भिडियो)
  2. राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीमाथि निगरानी कडा बनाउँदै, सीईओ र सञ्चालकलाई कारबाही
  3. सुनसरी घटनापछि सीडीओसहित सुरक्षा निकायका प्रमुख फेरिए
  4. बचत फिर्ताको माग गर्दै सहकारी पीडित फेरि आन्दोलनमा (भिडियो)
  5. नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
  6. सरकारमाथि विद्यार्थीको व्यंग्य- ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’
  7. साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले घट्यो, २३५ कम्पनीको सेयर मूल्यमा गिरावट
  8. नाडा अटो शो २०२६ भदौ ९ देखि, स्टल बुकिङ खुला
  9. रसुवागढी हाइड्रोपावरको सीईओ पदका लागि आवेदन खुल्यो
  10. १० नबिल बैंकका ग्राहकलाई ओरल एन्ड डेन्टल क्लिनिकमा विशेष छुट, दन्त उपचारका विभिन्न सेवा निःशुल्क
  11. ११ राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ निक्षेप खिच्दै
  12. १२ नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, चरणबद्ध रूपमा सवारी सञ्चालन गरिँदै
  13. १३ गायक अशोक दर्जीले दिए प्रहरीमा निवेदन
  14. १४ ‘पार्टी निर्माण र सुशासनमा सी जिनपिङको अवधारणा नेपालका लागि पनि उपयोगी’
  15. १५ सुनको मूल्य प्रतितोला १४ सय र चाँदी ३५ रुपैयाँले बढ्यो