होमपेज > आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

आइटी क्षेत्रमा लगानी गर्न ब्रिटिस व्यवसायीलाई आह्वान

बिज्ञापन

ब्रिटिस व्यवसायी तथा नेपाली अधिकारीले नेपालमा सूचना प्रविधिको विकासको जग तयार भइसकेको भन्दै सूचना प्रविधि क्षेत्रमा ज्ञानको आदानप्रदान तथा विदेशी लगानीका लागि आह्वान गरेका छन् ।

लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा युवा, शिक्षित तथा मेहनती जनसङ्ख्या बढ्दै गएको र सामाजिक, आर्थिक क्षेत्रमा फड्को मार्न नेपाल तयारी अवस्थामा रहेको बताए ।

नेपाललाई सूचना प्रविधिको हबका रुपमा विकास गर्न नेपाल सरकारले सूचना प्रविधि विज्ञ, निजी क्षेत्र, तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सहकार्य गर्न खोजीरहेको उनको भनाइ छ । उनले ब्रिटिस कम्पनीलाई नेपाली कम्पनीसँग मिलेर काम गर्न र नेपालमा लगानी गर्न पनि आग्रह गरे ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले पछिल्लो एक दशकभित्र सूचना प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताउँदै कानुनी तथा भौतिक पूर्वाधार विकासका लागि नेपाल सरकारले काम गरिरहेको बताए ।

उनले ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रको आधार निर्माण गर्न तथा आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउन नेपाल सरकारले विसं २०७६ मा डिजिटल नेपाल फ्रेमवर्क नीति पारित गरी कार्यान्वयन पनि गरिरहेको स्पष्ट पारे।

सरकारले देशका विभिन्न क्षेत्रमा सूचना प्रविधि पार्क स्थापना गर्ने योजना बनाएको जनाउँदै सहसचिव दत्तले सूचना प्रविधिको विकासका लागि नीति नियम परिमार्जन गर्न पनि सरकार तयार रहेको बताए ।

नेपालमा लगानी प्रवद्र्धन गरिरहेको डोल्मा इम्प्याक्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचरले नेपालमा काम गर्दा आफूहरुले सरकार र निजी क्षेत्रबाट पर्याप्त सहयोग पाएको बताए । उनले नेपाली युवा दक्ष, मेहनती र मिलनसार रहेको भन्दै आफ्नो कम्पनीले जलविद्युत् र स्वास्थ्य क्षेत्रपछि अहिले सूचना प्रविधिमा पनि लगानी गर्न लागेको बताए ।

ब्रिटिस कम्पनी, एमबीआइ एमबीओ लिमिटेडका अध्यक्ष तथा प्रमुख कार्यकारी ब्रायन डफीले कुनै पनि मुलुकको विकासका लागि त्यहाँका जनता र संस्कृतिको महत्वपूर्ण भूमिका रहने बताउँदै नेपालीको इमान्दारिता र मेहनत गर्ने प्रवृत्तिबाट आफू प्रभावित भएको बताए । उनले सूचना प्रविधि क्षेत्रको विकासलाई प्राथमिकता दिन नेपाल सरकारलाई आग्रह पनि गरे ।

बेलायतमा मुख्यालय भएको कम्पनी जेनिस सलुसनका संस्थापक तथा मुख्य प्रविधि अधिकृत अन्जनी फुयालले नेपालका विश्वविद्यालय तथा कलेजबाट बर्सेनि झन्डै ७० हजार युवाले विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा गणितसम्बद्ध विषयमा स्नातक गरिरहेको बताए ।

उहाँले नेपालीले नेपालमै बसेर विश्वका प्रमुख कम्पनीका लागि काम गरिरहेको बताउँदै नेपाललाई सूचना प्रविधिको हबको रुपमा विकास गर्न नेपाल सरकारले नीतिगत तथा कार्यक्रम ल्याएर काम गर्नुपर्ने सुझाव दिएका छन् । “अमेरिका वा युरोपेली मुलुकको तुलनामा नेपालमा जनशक्ति सस्तो तर दक्ष छ, नेपालमा कानुनी तथा पूर्वाधारको ढाँचा बनिसकेको छ र समय ९टाइम जोन०को पनि लाभ छ”, उनले भने, “त्यसैले नेपालमा अवसर छन् तर तिनलाई व्यवहारमा उतार्न नेपाल सरकारले क्लाउड फस्ट नीति अपनाउनुपर्छ, वैदेशिक लगानीका लागि न्यूनतम सीमा घटाउनुपर्छ, सूचना प्रविधि शिक्षालाई प्रवद्र्धन गर्नुपर्छ र नेपालमा आएर काम गर्न चाहने दक्ष विदेशी जनशक्तिका लागि सरल भिसा प्रणाली अपनाउनुपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. लघुवित्त पीडितसँग वार्ताका लागि अर्थमन्त्रीले गठन गरे समिति
  2. सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्था उल्लंघन गर्ने तीन ब्रोकर कम्पनीलाई सेबोनको कारबाही
  3. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  4. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  5. एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  6. ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  7. सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  8. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  9. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  10. १० माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  11. ११ सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  12. १२ निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  13. १३ कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  14. १४ आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  15. १५ लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो