होमपेज > झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण

बिज्ञापन

नेपाल–भारत सीमा नाका रहेको बैतडीको झुलाघाटस्थित महाकाली नदीमाथि मोटरेबल पुल निर्माणका लागि निरीक्षण गरिएको छ । भारतीय सडक विभागका इन्जिनियर ओमप्रकाश नेतृत्वको प्राविधिक टोलीले पुल निर्माणस्थल नेपालतर्फको मौराभिर र भारततर्फको एसएसबी क्याम्प नजिक सालघारी क्षेत्रको निरीक्षण गरेको हो ।

पाँच सय मिटर लमो उक्त पुलको लागत रु चार अर्ब ५७ करोड लाग्ने अनुमान गरिएको छ । त्यसअघि सर्भेक्षण, वृस्तित अध्ययन प्रतिवेदन९डिपिआर० र मुआब्जाका लागि थप रु २० करोड लाग्ने अनुमान प्राविधिक टोलीको छ । पुल निर्माण भारतीय लगानीमा हुने जनाइएको छ । झुलाघाट नाकामा अहिले झण्डै सयौँ वर्ष पुरानो झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ । उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ देखि नै चर्चा सुरु गरिए पनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने सङ्केत देखिएको छ ।

झोलुङ्गे पुल रहेको क्षेत्रमा एक सय पाँच मिटर लामो मोटरेबल पुल बनाउने योजना रहेकामा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकिएकोे थिएन । सन् २०१७ मा डुबान हुने क्षेत्रभन्दा माथि पुल निर्माण गर्ने निर्णय भएकामा सोही स्थानमा निरीक्षण गरिएको हो ।

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि स्थलगत निरीक्षण भएपछि दुवै देशका नागरिक पुल बन्नेमा आशावादी देखिएका छन् । झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक र व्यापारिक गतिविधिमा सुधार आउने स्थानीयवासी तेजप्रकाश भट्टले बताए । उनले भने, ‘प्राविधिक टोलीले पुल निर्माणका लागि निरीक्षण गर्नु निकै खुसीको कुरा हो, मोटरेबल पुल निर्माण भएमा दुवै देशको आर्थिक उन्नति बढ्छ ।’

सीमा नाका झुलाघाटमा पक्की पुल निर्माण भए बैतडीको उत्पादनको बजार विस्तार हुनाका साथै धार्मिक पर्यटनको विकासका लागि महत्वपूर्ण नाका बन्ने देहिमाडौँका व्यापारी दीपक बोहराले बताए । उनले भने, ‘मध्यपहाडी लोकमार्गअन्तर्गतको अन्तिम विन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुप्रै नेपाली उत्पादन निर्यात गर्न सकिनेछ ।’

सीमा नाका झुलाघाटमा हाल झोलुङ्गे पुल छ । झण्डै चार सय वर्ष पुरानो झोलुङ्गे पुल बेलाबेला मर्मत गरिँदै आएको छ । तत्कालका लागि काम दिने गरी मर्मत गरिएको पुलमा जोखिम भने कायमै छ । बेलायती सरकारकोे पालामा बनेको पुल १८३० देखि सञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेला–बेलामा काम चलाउनका लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहँुदा सयौँ जोखिम मोलेर दैनिक यात्रा गर्न बाध्य छन् ।

सीमा क्षेत्रका नागरिकले लामो समयदेखि झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि माग गर्दै आएका छन् । उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए । पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य सङ्घले १० हजार बैतडीवासीको हस्ताक्षर सङ्कलन गरी नेपाल सरकार र भारतीय दूतावासलाई बुझाएको थियो । झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पुरानो तथा मुख्य नाकाका रुपमा चिनिन्छ । उक्त नाका भएर सुदूरपश्चिमका साथै कर्णाली प्रदेशका नागरिक समेत आवतजावत गर्ने गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. नयाँ सङ्गठन संरचनाअनुसार ६२२ दरबन्दी दर्ता, कुन निकायमा कति दरबन्दी ?
  2. सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन, के भने ?
  3. उद्योगी शेखर गोल्छा १ करोड रुपैयाँ धरौटीमा रिहा
  4. यामाहा नेपालका साझेदार ‘ब्लु सर्ज’ पार्टनर्स मिटमा सहभागी हुन थाइल्यान्ड प्रस्थान
  5. प्रधानमन्त्रीसँग आर्थिक एजेन्डामा नजिकको समन्वय छ, बजारका हल्लाको पछि नलाग्नुस् : अर्थमन्त्री वाग्ले
  6. भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो पठाएको पुष्टि
  7. असुरक्षा बढेको भन्दै नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा
  8. दिगो कृषि विकासका लागि कृषि विकास बैंक र एएफयूबीच समझदारी
  9. मन्त्रीका स्वकीय र सल्लाहकारले मन्त्रालय भरिए : कुलमान घिसिङ
  10. १० आज पनि घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बभन्दा कम
  11. ११ लघुवित्त पीडितद्वारा माइतीघरमा सामूहिक आमरण अनशन, पुराना सहमति कार्यान्वयन गर्न माग
  12. १२ रुससँग सहकार्य गरेर हेटौँडा र उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्ने नेपालको प्रस्ताव
  13. १३ किन डुबानमा पर्‍यो माइतीघर?, अध्ययन प्रतिवेदनले के भन्छ ?
  14. १४ नेप्सेको सीईओका लागि आवेदन आह्वान, के-के चाहिन्छ योग्यता?
  15. १५ सुन तोलामै ४३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?