होमपेज > नक्कली डक्टर बनी लुटपाट गर्ने ३० वर्षीय पुरुष पक्राउ

नक्कली डक्टर बनी लुटपाट गर्ने ३० वर्षीय पुरुष पक्राउ

बिज्ञापन

नक्कली डक्टर बनी लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका-२ हरिटोल घर भइ हाल ललितपुरको ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुरस्थित पीआरसीबीबाट गएको टोलीले उनलाई नुवाकोटको पन्चकन्या गाउँपालिका-४ आरुखर्कबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ आफू डाक्टर भएको र उपचार गरिदिने भन्दै पीडितको घरमा गइ बेहोस बनाइ लुटपाट गरेको उनीमाथि आरोप छ। कोठाबाट उनले सुनका गहनासहित तीन लाख रुपैयाँ लुटेका थिए।

पक्राउ परेका उनलाई थप अनुसन्धान एवं कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार

  1. एसीसीए परीक्षामा ब्रिटिश प्रोफेशनल कलेजका विद्यार्थीको उत्कृष्ट सफलता
  2. स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त
  3. एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  4. ऋण असुलीबाट शिव शिखरका ५६ बचतकर्तालाई रकम फिर्ता
  5. सप्तरीको पनसेरामा नवनिर्मित ३३-११ केभी सबस्टेसन सञ्चालनमा
  6. सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति, चिकित्सकको आन्दोलन स्थगित
  7. प्रभु बैंककी पूर्व सीबीओ रश्मी पन्त पक्राउ
  8. माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता हस्ताक्षर
  9. सरकारले नौ विधेयक संसद्मा पेस गर्ने, विदेशी विनिमय कसुर अनुसन्धानका लागि अधिकारी तोक्ने
  10. १० निर्जीवन बीमा कम्पनीले एक वर्षमा संकलन गरे ५० अर्ब ६० करोडभन्दा बढी बीमा शुल्क
  11. ११ कुमारी बैंकको मोबाइल बैंकिङ एपमा अब अन्तर्राष्ट्रिय ईसिम र ड्राइभिङ परमिट सेवा
  12. १२ आज पनि घट्यो शेयर बजार, ४ अर्ब २ करोडको कारोबार
  13. १३ लगातार तेस्रो दिन घटेको नेप्से २६८८ विन्दुमा झर्‍यो
  14. १४ नेपालमा बाघको संख्या बढेर ४२९ पुग्यो, अब संरक्षणसँगै व्यवस्थापनमा जोड
  15. १५ सामाजिक सद्भाव जोगाउन सबै दल एकजुट, सुनसरी घटनाबारे सर्वदलीय बैठकको संयुक्त अपिल